विराट व्यापार संघको अध्यक्षमा बञ्जरा निर्वाचित

  • चिरफार डटकम, विराटनगर ११४६  पटक हेरिएको

बिहिबार, माघ ११, २०८० समय : १८:२४:११ , १० महिना अगाडि

विराट व्यापार संघ विराटनगरको अध्यक्षमा अंशु बञ्जरा निर्वाचित भएका छन् । बिहीबार विराटनगरमा सम्पन्न संघको १२औं साधारण सभा तथा अधिवेशनले बञ्जरालाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो ।

बञ्जरा निर्वतमान अध्यक्ष नरेशकुमार खत्रीको कार्यसमितिमा सदस्य रहेका थिए । संघको १२औं साधारण सभाबाट १ बरिष्ठ उपाध्यक्ष सहित ५ जना उपाध्यक्षलाई निर्वाचित गरेका छन् । प्रमोदकुमार अग्रवाल संघको बरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

सरद श्रेष्ठ, प्रविण अग्रवाल, मनोहर कार्की र सरस्वती ओझा उपाध्यक्ष पदमा र्निविरोध निर्वाचित भएका छन् । किरण ढुंगेल महासचिव, श्यामलाल पौडेल (भवेष) उपमहासचिव, सुनिताकुमारी गुरुङ कोषाध्यक्ष र अशोक पौदार सहकोषाध्यक्ष पदमा निर्वाचित भएका छन् । शिवरतन शर्मा जोशी, नितेश राजगढिया, महेन्द्र खेतान, कुमारी आचार्य र रमा श्रेष्ठ कार्यसमितिको सदस्य पदमा र्निविरोध निर्वाचित भएका छन् ।