३ दिनमै २१ लाखले अवलोकन गरे गुडलाइफ बिस्कुटको श्रीराम मन्दिर

  • चिरफार डटकम, विराटनगर ४३८  पटक हेरिएको

बिहिबार, माघ ११, २०८० समय : १७:०७:१० , १० महिना अगाडि

३ दिनमै २१ लाख भक्तजनले गुडलाइफ बिस्कुटबाट निर्माण गरिएको श्रीराम मन्दिरको अवलोकन गरेका छन् । १६ लाख भक्तजनले गुडलाइफ बिस्कुटद्वारा निर्माण गरिएको श्रीराम मन्दिरको पेजलाई सेयर गरेका छन् । विराटनगरको प्रतिष्ठित औद्योगिक घराना जाजु ग्रुपले २२ जनवरी सन् २०२४ अर्थात माघ ८ गते भारतको अयोध्यामा निर्माण भएर प्राणप्रतिष्ठा भएको श्रीराम मन्दिरको झलक दिने गरी आफ्नै उत्पादन गुडलाइफ बिस्कुटबाट श्रीराम मन्दिर निर्माण गरिएको थियो ।

उद्योग जाजु एसियन थाइफुड्स प्रा.लि.गुडलाइफ बेभरेज प्रा.लि. का सञ्चालक हुन् । उद्योगी जाजुले आफ्नै उत्पादन गुडलाइफ बिस्कुटबाट अयोध्याको श्रीराम मन्दिर जस्तै मन्दिर बनाएका थिए । उद्योगी जाजुले २२ जनवरीका दिन सामाजिक सञ्जालमा राखेको गुडलाइफ बिस्कुटको श्रीराम मन्दिरले हिन्दु धर्मावलम्बीहरूको मन जित्न सफल भइरहेको छ । र ३ दिनमै लाखौं लाख उपभोक्ता बटुल्न सफल भएको छ ।

बिहीबार चिरफार डटकम सँग कुरा गर्दै उद्योगी जाजुले भने बुधबारसम्ममा १४ लाख भक्तजनले गुडलाइफ बिस्कुटद्वारा निर्माण गरिएको श्रीराम मन्दिरको पेज सेयर गरेका थिए । तर १ दिनमै २ लाख भन्दा बढि भक्तजनले पेज सेयर गरेका छन् । र पेज सेयर गर्ने क्रम जारी रहेकोले यो संख्या बढ्न सक्ने बताए ।