नेवाः महोत्सवमा मैथिली पकवानको स्टल

  • ... ८९८  पटक हेरिएको

शुक्रबार, माघ ०६, २०७९ समय : १९:४३:४० , २ वर्ष अगाडि

  • चिरफार डटकम, विराटनगर

शुक्रबारदेखि विराटनगरमा सुरु भएको तेस्रो नेवाः महोत्सव तथा पर्यटन हाटमा मैथिली पकवानको स्टल रहेका छन् । मैथिली अनलाइनका अध्यक्ष तथा सम्पादक पत्रकार नविन कर्णले नेवाः महोत्सवमा मैथिली पकवानको स्टल राखेका छन् । मैथिली पकवानको व्यापार गर्नु भन्दा प्रचार प्रसार तथा मैथिली परिकारलाई प्रवद्धन गर्ने उद्देश्यले महोत्सवमा स्टल राखिएको कर्णले बताए ।

मैथिली पकवान विवाह, उत्सव समारोहमा उत्कृष्ठ पकवानको रुपमा चिनिएको ठकुवा, खजुरी, दालपुरी लगायतका पकवान महोत्सवमा विक्री भईरहेको छ । झी पुचः विराटनगरले शुक्रबार र शनिबार गरी दुई दिने तेस्रो नेवाः महोत्सवको आयोजना गरेको छ ।

जुन महोत्सवमा नेवार समुदायको विभिन्न २० भन्दा बढि प्रकारका खानाका स्टल रहेको छ । प्रदेश नं. १ सरकारका मन्त्री बुद्धिकुमार राजभण्डारीले शुक्रबार महोत्सवको उद्घाटन गरेका थिए ।

महोत्सवको उदघाटन समारोहमा झी पुचः विराटनगरका अध्यक्ष हरिबहादुर श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष तथा महोत्सव संयोजक भविषकुमार श्रेष्ठले महोत्सवको विशेषताबारे प्रकाश पारेका थिए ।