- चिरफार डटकम, विराटनगर ४९२ पटक हेरिएको
सोमबार, माघ ०१, २०८० समय : १४:४२:५६ , ११ महिना अगाडि
विराटनगरका बरिष्ठ समाजसेवी दिनबन्धु गोयलको सहयोगमा जिल्ला अदालत झापामा निर्माण भएको न्यायकी देवीको मूर्तिको आइतबार अनावरण भएको छ ।
जिल्ला अदालत झापा परिसरमा निर्माण पुरा भएको मूर्तिको बरिष्ठ समाजसेवी दिनबन्धु गोयल, उच्च अदालत विराटनगर अन्तर्गत इलाम इजलासका न्यायाधीश किरण पौडेल र झापा जिल्ला अदालतका न्यायाधीश अशोककुमार बस्नेतले आइतबार संयुक्त रुपमा न्यायकी देवीको मूर्तिको अनावरण गरेको हो ।
मूर्तिकार अभिषेक तिमिल्सिनाले निर्माण गरेको मूर्ति ६ फिट अग्लो रहेको छ । कार्यक्रममा बरिष्ठ समाजसेवी दिनबन्धु गोयललाई सम्मान गरिएका थिए ।