- चिरफार डटकम, विराटनगर ४७६ पटक हेरिएको
सोमबार, माघ ०१, २०८० समय : १४:३५:५८ , १० महिना अगाडि
विराटनगरस्थित जनजाति कल्याण आश्रमले माघेसंक्रान्तिको अवसरमा सोमबार १ हजार भन्दा बढि सर्वसाधारणलाई खिचडी वितरण गरेको छ । जनजाति कल्याण आश्रम नेपाल अन्तर्गत सञ्चालित आमाको माया छात्रावास विराटनगरको वार्षिकोत्सव एवं सामूहिक खिचडी वितरण कार्यक्रममा १ हजार भन्दा बढि सर्वसाधारणलाई खिचडी वितरण गरिएको हो ।
जनजाति कल्याण आश्रम नेपाल मायाको छात्रावास विराटनगरका अध्यक्ष विजयकुमार लखोटियाको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव एवं सामूहिक खिचडी वितरण कार्यक्रममा रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया, छात्रावासका जग्गा दाता बेनिगोपाल मुन्दडा, समाजसेवी दिनबन्धु गोयल, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडा, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, बरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, मोरङ व्यापार संघका बरिष्ठ उपाध्यक्ष अनुपम राठी, विराट व्यापार संघका अध्यक्ष नरेश खत्री, विराटनगर–७ का वडाध्यक्ष मधुबाबु तिवारी, जनजाति कल्याण आश्रम नेपालका केन्द्रिय महासचिव प्रेम थुलुङ, केन्द्रिय सचिव मदन साहको सहभागिता रहेको थियो ।
कार्यक्रममा मायाको छात्रावास विराटनगरलाई निरन्तर सहयोग गर्ने उद्योगी व्यवसायी एवं समाजसेवीलाई सम्मान गरेका थिए ।