बलात्कारी सन्दिप लामिछानेलाई ८ वर्षको जेल सजाय 

  • ब्रह्मदेव यादव, विराटनगर ३७०  पटक हेरिएको

बुधबार, पुष २५, २०८० समय : १८:०३:४८ , ११ महिना अगाडि

नेपाली क्रिकेटर सन्दिप लामिछाने बलात्कारीको हैसियतमा अब ८ वर्षसम्म जेल जीवन बिताउनु पर्ने फैसला आएको छ । बलात्कारको आरोपमा जेल सजाय हुनासाथ लामिछानेको क्रिकेट यात्रामा पूर्णविराम लागेको छ ।

जिल्ला अदालत काठमाडौँले क्रिकेटर लामिछानेलाई बलात्कारको आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय तोकेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई ८ वर्षको कैद सजाय र ५ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएका छन् । पुस १३ गते जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेका थिए ।

३ वर्षभन्दा बढि कैद सजाय हुने कसुरमा छुट्टै इजलास बस्नु पर्ने कानुनी व्यवस्था अनुसार बुधबार बसेको इजलासले लामिछानेलाई ८ वर्षको कैद सजाय तोकेको हो । लामिछानेले अब जिल्ला अदालत काठमाडौंको फैसला पछि उच्च अदालत पाटन काठमाडौंमा पुनरावेदन गर्न पाउँछ ।

२०७५ सालमा लामिछाने क्रिकेटको ह्यात होटलस्थित बन्द प्रशिक्षणमा रहेको बेला भाद्र ५ गते एक काठमाडौं गौशालाकी एक युवतीलाई दिनभर नगरकोट घुमाएर राती काठमाडौँकै सिनामंगल स्थित एक होटलमा गरेर रातभर बलात्कार गरेका थिए । क्रिकेटर लामिछानेले आफ्ना एक साथी मार्फत युवती सँग सम्पर्कमा आएका थिए । युवतीको आर्थिक अवस्था कमजोर रहेकोले त्यसको भरपुर फाइदा उठाउँदै उनलाई बलात्कार गरेका थिए ।