- चिरफार डटकम, विराटनगर ५२९ पटक हेरिएको
बुधबार, पुष २५, २०८० समय : १३:४४:०८ , ११ महिना अगाडि
वितरण नरसेवा–नारायण सेवा नामक सामाजिक संस्थाले विराटनगर स्थित कोशी अस्पतालका बिरामीलाई ४० थान कम्मल वितरण गरेको छ । ८९ दिनदेखि कोशी अस्पतालका बिरामी र कुरुवालाई बिहानको खाना सँगै चिया र बिस्कुट खुवाई रहेको नरसेवा–नारायण सेवा सामाजिक संस्थाका पदाधिकारीहरूले बुधबार ४० जना बिरामीलाई कम्मल वितरण गरेका छन् ।
नरसेव–नारायण सेवाका संस्थापक अध्यक्ष पृथ्वीकुमार अग्रवाल र संयोजक उद्योगी एवं समाजसेवी देवकिनन्दन अग्रवाल लगायतका पदाधिकारीहरूले कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झा मार्फत बिरामीलाई कम्मल वितरण गरेको हो ।