- चिरफार डटकम, विराटनगर ६४२ पटक हेरिएको
आइतबार, पुष २२, २०८० समय : १६:०८:४१ , ११ महिना अगाडि
आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८०/०८१ को आयकर तर्फ पहिलो किस्ता रकम असुली गर्न ताकेता थालेका छन् । उद्योगी व्यवसायीले पुस मसान्त भित्र आयकरको पहिलो किस्ताको रकम बुझाउनु पर्ने आन्तरिक राजश्व विभागको ऐनले कानुनी व्यवस्था गरेको छ ।
आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डि.बि. क्षेत्रीले आयकर तर्फ पहिलो किस्ताको रकम बुझाउन ७ सय भन्दा बढि उद्योगी व्यवसायीलाई फोन गरेर जानकारी गराएको बताए ।
विराटनगरमा कार्यालय रहेको ५ वटा उद्योगी व्यवसायीसँग आवद्ध संघ संगठनलाई पत्राचार गरेर आफ्ना सदस्यहरूलाई आयकर तर्फको पहिलो किस्ताको रकम बुझाउन आग्रह गरिएको डा. क्षेत्रीले बताए ।