“मोरङ व्यापार संघको एक्स्पोमा खुट्टा राख्ने ठाउँ छैन”

  • ब्रह्मदेव यादव, विराटनगर ५०३  पटक हेरिएको

सोमबार, पुष ०९, २०८० समय : १८:१२:२० , ११ महिना अगाडि

विराटनगरमा सञ्चालन भई रहेको मोरङ व्यापार संघको एक्स्पोले सोमबार अपेक्षा भन्दा बढि उपभोक्ता बटुल्न सफल भएको छ । मोरङ व्यापार संघले विराटनगर–२ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गमा पुस ६ देखि १६ गतेसम्मका लागि मोरङ व्यापार संघ एक्स्पो आयोजना गरेको छ ।

पुस ९ गते सोमबार क्रिसमसको अवसरमा सरकारी बिदा परेकोले एक्स्पो अवलोकन गर्ने उपभोक्ताको चाप बढि देखिए । खचाखच भरिएको एक्स्पोमा सोमबार खुट्टा राख्ने ठाउँ थिएन । मंगलबार उधौली पर्वको अवसरमा सरकारी बिदा रहेकोले एक्स्पो अवलोकन गर्ने उपभोक्ताको चाप बढ्ने आयोजकले अपेक्षा गरेको छ । मोरङ व्यापार संघ एक्स्पोमा नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरेर ४ देशका २४० भन्दा बढि स्टल रहेका छन् ।

जुन स्टलमा स्वदेशी तथा विदेशी सामग्री ५ देखि १० प्रतिशतसम्म छुटमा बिक्री भई रहेका छन् । मोरङ व्यापार संघका उपाध्यक्ष तथा एक्स्पो संयोजक अनिल साहले अपेक्षा भन्दा बढि उपभोक्ताले एक्स्पोको अवलोकन गरी रहेकोले आयोजक उत्साहित भएको बताए । एक्स्पोमा प्रत्येक दिन राष्ट्रिय कलाकारहरूको प्रस्तुती रहने गरेकोले युवा जमात सांस्कृतिक कार्यक्रम हेर्न भिड लाग्ने गरेका छन् ।