नेपाल उद्योग परिसंघले शनिबार विराटनगरमा उद्योगी, सञ्चारकर्मी र स्वतन्त्र सेनानीलाई सम्मान गर्दै 

  • ब्रह्ममदेव यादव, विराटनगर ६२७  पटक हेरिएको

शुक्रबार, पुष ०६, २०८० समय : २१:१८:५८ , ११ महिना अगाडि

नेपाल उद्योग परिसंघले शनिबार विराटनगरमा भव्य समारोहको आयोजना गरेर उद्योगी, सञ्चारकर्मी र स्वतन्त्र सेनानीलाई सम्मान गर्दैछ । नेपाल उद्योग परिसंघले कोशी प्रदेशको दोस्रो पदस्थापना समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट उद्योगी, सञ्चारकर्मी र स्वतन्त्र सेनानीहरुलाई सम्मान गर्न लागेको हो ।

परिसंघले शनिबार विराटनगरको जहदा रोड स्थित सिटी प्यालेस होटल एण्ड रिसोर्टमा कोशी प्रदेशका नवनिर्वाचित अध्यक्ष पवन सारडाको पदस्थापना तथा सम्मान समारोहको आयोजना गर्न लागेको हो ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेशका उपाध्यक्ष एवं प्रवक्ता रमेश राठीका अनुसार निर्यात उद्योग तर्फ उद्योगी घनश्याम काबरा तथा विपिन काबरा र बासुदेव गोल्याणलाई सम्मान गर्दैछ । उद्योगी एवं प्रतिनिधि सभाका सदस्य विनोद चौधरी र देवकिशन मुन्दडालाई विशिष्ट उद्योगीको सम्मान प्रदान गर्ने कार्यक्रम रहेको छ ।

न्यू सृष्टि दैनिकका प्रबन्ध निर्देशक, अध्यक्ष तथा प्रधान सम्पादक शंकर खरेल र बिजमाण्डु आर्थिक अनलाइनका विराटनगर समाचारदाता अन्नतराज न्यौपानेलाई उत्कृष्ट पत्रकारीता पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ ।

प्रजातन्त्र र लोकतन्त्र प्राप्तिको आन्दोलनमा अग्रेणी भूमिका निर्वाह गरेका २३ जना स्वतन्त्र सेनानीहरुलाई परिसंघले सम्मान गदैछ । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सँगै कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, नेपाली कांग्रेसका बरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गछदार, विशिष्ट अतिथिको रुपमा सहभागिता जनाउने छन् ।