प्रदेश नं. एकमा सार्क ट्याङ्क मोडलको प्रस्ताव

सरकारी तथा निजी क्षेत्र कृषिमा पचास करोड लगानी गर्दै

  • ... ५७०  पटक हेरिएको

बुधबार, माघ ०४, २०७९ समय : १६:३२:२२ , २ वर्ष अगाडि

  • ब्रह्ममदेव यादव, विराटनगर

प्रदेश नं. १ को कृषि क्षेत्रमा लगानी गर्न सरकारी तथा निजी क्षेत्रले सार्क ट्याङ्क मोडलको प्रस्ताव ल्याएको छ । सरकारी तथा निजी क्षेत्र प्रदेश नं. १ को कृषि क्षेत्रको उन्नति र प्रगतिकालागि लगानी गर्न इच्छुक देखिएको छ ।

नेपाल उद्योग वार्णिज्य महासंघको १ नं. प्रदेश समिति, अध्यन्त फन्ड म्यानेजमेन्ट लि. र प्रदेश लगानी प्राधिकरण प्रदेशको कृषि क्षेत्रमा साझेदार संस्थाको रुपमा लगानी गर्न इच्छुक रहेको बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा महासंघकै १ नं. प्रदेश अध्यक्ष राजेन्द्र राउत र अध्यन्त फन्ड म्यानेजमेन्ट लि. का संस्थापक मनोज पौडेलले प्रदेशको १० कृषि उद्योग तथा व्यवसायीमा लगानी गर्न इच्छुक गरेको बताए ।

सरकारी तथा निजी क्षेत्रले पहिलो चरणमा कृषि क्षेत्रमा ५० करोड भन्दा बढि रकम लगानी गर्ने छ । दोस्रो चरणमा पर्यटन क्षेत्रमा लगानी गर्ने सरकारी तथा निजी क्षेत्रको तयारी छ । उनले प्रदेशको एक उद्योग तथा व्यवसायीमा न्यूनतम २० देखि ५ करोड रुपैयाँसम्म लगानी गर्ने गरी तयारी थालिएको जानकारी बताए । महासंघका केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्ष राउतले प्रदेशको कृषि क्षेत्रलाई उत्पादन मुखी बनाउन साझेदार संस्थाको रुपमा लगानी गर्न लागेको बताए ।

प्रदेश लगानी प्राधिकरण बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. सरोड कोइरालाले प्रदेश नं. १ मा कृषि व्यवसायी करणको प्रवल सम्भावना रहेकोले सरकारी तथा निजी क्षेत्र कृषिमा लगानी गर्न इच्छुक रहेको बताए । प्रदेश कृषि मन्त्रालयका उपसचिव पशुपति पोखरेलले प्रदेशका १० वटा कृषिसम्बन्धी आयोजना छनौट गरेर त्यहि आयोजनामै सरकारी तथा निजी क्षेत्र साझेदार संस्थाको रुपमा लगानी गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए ।

अध्यन्त एक्सिलेरेटर कार्यक्रम आध्यन्त फन्ड म्यानेजमेन्ट लि., सहज-एनएमडिपीले प्रदेश नं. १ को कृषि क्षेत्रमा साझेदार संस्थाको रुपमा लगानी गर्ने कार्यक्रम शुभारम्भ गरिसकेको छ । सन् २००९ मा अमेरिकाबाट सार्क ट्याङ्क मोडलको कार्यक्रम शुभारम्भ भएको हो । सन् २०२१ को डिसेम्बरदेखि भारतमा सार्क टयङ्क कार्यक्रम सञ्चालनमा छ । भारतमा पहिलो चरणको कार्यक्रम सकेर दोस्रो चरणको सार्क ट्याङ्क कार्यक्रम संचालन भइरहेको छ ।

भारतको सोनी टेलिभिजन र यूटुभ च्यानलमा सार्क ट्याङ्क कार्यक्रम संचालन भइरहेको छ । भारतका साना उद्योग व्यवासयीले सोनी टेलिभिजनको कार्यक्रम स्थलमै पुगरेर आफ्ना उत्पादित सामानको मूल्य निर्धारण गर्ने र आफुलाई थप उद्योग व्यवसायी विस्तारका लागि चाहिने रकम कार्यक्रममा सहभागी भारतका धनाढ्य उद्योगी व्यवसायी संग आफ्नो केही प्रतिशत शेयर विक्री गरेर रकम लिदै उद्योग व्यवासयी संचालन गरिरहेको छ ।

भारतीय धनाढ्य उद्योगी व्यवासायी पनि आफु इच्छुक रहेको उद्योग व्यवसायमा साझेदारको रुपमा लगानी गरेर उद्योग व्यवसायी संचालन गर्न थालेका छन् । भारतीय धनाढ्य उद्योगी व्यवसायी केही समय पछि काठमाडौं आउदै छ । र हिमालय टेलिभिजनबाट सार्क ट्याङ्क नेपाल संकरणको कार्यक्रम गर्ने तयारीमा जुटेको छ ।

यस्तो अवस्थामा नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश लगानी प्राधिकरण बोर्ड र अध्यन्त फन्ड म्यानेजमेन्ट लि. ले प्रदेशको कृषिमा सार्क ट्याङ्क अवधारण बमोजिम साझेदार संस्थाको रुपमा लगानी गर्ने गरी अगाडी बढेको छ ।