- ब्रह्मदेव यादव, विराटनगर ५९५ पटक हेरिएको
शुक्रबार, पुष ०६, २०८० समय : १४:४७:२१ , ११ महिना अगाडि
शुक्रबारदेखि विराटनगरमा मोरङ व्यापार संघको एक्स्पो सुरु भएको छ । पुस १६ गतेसम्म एक्स्पो चल्ने छ । मोरङ व्यापार संघले विराटनगर–२ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गमा मोरङ व्यापार संघ एक्स्पो २०२३ को आयोजना गरेको छ ।
जर्मन प्रविधिमा आधारित एक्स्पो स्टलका लागि हेङ्गर निर्माण, फ्रान्सको एफिल टावर निर्माण, पाकिस्तानको लेदर सामग्री बिक्री कक्षको स्टल, बंगलादेशको गार्मेन्ट उद्योगका लत्ताकपडा बिक्री कक्षको स्टल, भारतको विकसित अत्याधुनिक कृषि प्रविधिमा उत्पादित सामग्रीको बिक्री स्टल र नेपालको हिमाल, पहाड र तराई मधेशका औद्योगिक उत्पादन बिक्री कक्षको स्टल मोरङ व्यापार संघ एक्स्पोको मुख्य आकर्षण गरेका छन् ।
मोरङ व्यापार संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ (एफ.एन.सी.सी.आई.) केन्द्रिय सदस्य तथा रिजालको ग्रुपका प्रबन्ध निर्देशक नविन रिजालले नेपाल, भारत, पाकिस्तान र बंगलादेश गरी ४ देशका २ सय भन्दा बढि स्टलबाट औद्योगिक उत्पादनको सामग्री ५ देखि १० प्रतिशतसम्म छुट दरमा बिक्री सुरु भएकोले यसको लाभ लिन विराटनगर सहित कोशी प्रदेश वासीलाई आग्रह गरेका छन् । एक्स्पो स्थलको बाहिरी भागमा स्नेक्स सामग्री उत्पादक कम्पनी एसियन थाइफुड्स प्रा.लि. र सेन्चुरी हाउसले आफ्ना उत्पादनको बिक्री सुरु गरेका छन् । एसियन थाइफुड्स प्रा.लि.का सेल्स म्यानेजर पदम निरौलाले १२ प्रकारका ठुला आकारका स्नेक्स सामग्रीको एक्स्पो स्टलबाट बिक्री सुरु भएको बताए । यस्तै ५ प्रकारका पिरो नुडल्सको बिक्री पनि सुरु भएको निरौला बताए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले शुक्रबार एक्स्पोको उद्घाटन गरेका छन् ।