- चिरफार डटकम, विराटनगर ६३२ पटक हेरिएको
बिहिबार, मंसिर २८, २०८० समय : १५:१६:५७ , १२ महिना अगाडि
विराटनगरको सेन्ट्रल मलबाट जेन्सपार्क रेडिमेड कपडाको बिक्री सुरु भएको छ । विराटनगरको सेन्ट्रल मलको भुईतल्लामा सेन्ट्रल बजार सञ्चालन गरिरहेको राकेश जैनको समूहले जेन्सपार्क रेडिमेड कपडाको बिक्री सुरु गरेको हो । जैन समूहले कपडा पसलको सोरुम सञ्चालनमा ल्याउन २५ लाख भन्दा बढि रकम लगानी गरेका छन् ।
विराटनगरको सेन्ट्रल मलको भुईतल्लामा सञ्चालनमा ल्याइएको जेन्सपार्क सोरुमको बिहीबार मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले उद्घाटन गरेका छन् । काठमाडौंको बिना गार्मेन्ट उद्योगले जेन्सपार्कको नामबाट ब्रान्डेड सर्ट, पेन्ट, कोट लगायतका कपडाको रेडिमेड सामान उत्पादन गरिरहेका छन् । कम्पनीले काठमाडौं पछि पोखरा, बुटवलमा कपडाको बिक्री पक्ष सञ्चालनमा ल्याइसकेका छन् ।
काठमाडौं, पोखरा र बुटवलमा पाएको सफलतापछि कम्पनीले बिहीबारदेखि विराटनगरको सेन्ट्रलमलबाट जेन्सपार्कको ब्रान्डेड रेडिमेड कपडाको बिक्री सुरु गरेका छन् ।