- ब्रह्मदेव यादव, विराटनगर ५११ पटक हेरिएको
बुधबार, मंसिर २७, २०८० समय : १७:३६:२४ , १२ महिना अगाडि
भारतको संसदमा बुधबार बम फुटेको छ । भारतको संसदमा सांसददेखि पाहुनाको लगाएको जुत्ताको चेकजाँच हुँदैन त्यसको फाइदा उठाउँदै २ जना पाहुना बुधबार भारतको संसदमा प्रवेश गरेर बम बिस्फोट गराएको हो । भारतको राजधानी नयाँ दिल्ली स्थित संघीय सांसद लोकसभामा बुधबार ४ जना खालिस्तानी आतङ्ककारी समूहले एक साथ संसद भित्र र संसद बाहिर बम बिस्फोट गराउन सफल भएका छन् । एक महिला सहित चारैजना खालिस्तानी आतङ्ककारीलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेका छन् ।
भारतीय सांसद लोक सभाका सभामुख ओम बिडलाले घटनालाई सामान्य भनेका छन् तर प्रमुख प्रतिपक्ष कांग्रेस आइ लगायत विपक्षी दलले घटनाको घोर भत्सना गरेका छन् । बुधबार दिनको ११ बजे भारतीय संसद लोक सभाको बैठक चलिरहेको बेला २ जना खालिस्तानी आतङ्ककारी १ जना सांसदको पाहुना हुँ भनेर संसद भित्र प्रवेश गरेका थिए । सुरुमा अतिथि पाहुना बस्ने कुर्सीमा बसेका खालिस्तानी आतङ्ककारी समूह एक्कासी संसद चलिरहेको ठाउँमा पुगेर बम बिस्फोट गराउन सफल भएका थिए ।
बम विस्फोटनले संसद भवन भित्र धुवैधुवा हुँदा सांसदहरुमा भागदौड मचिएको थियो र सबै सांसद संसद बाहिर निस्केका थिए । लगत्तै संसद बाहिर रहेका १ महिला र १ पुरुष गरी दुई जना आतङ्ककारी समूहले बम बिस्फोट गराएका थिए । आज भन्दा २१ वर्ष अघि भारतको संसद लोक सभामा आतङ्ककारी समूहले बम बिस्फोट गराएका थिए ।
त्यतिखेर आतङ्ककारीको आक्रमणमा परेर ५ जनाले ज्यान गुमाएका थिए । आतङ्ककारी आक्रमण भएको ठिक २२ वर्ष पुगेको दिन बुधबार १३ डिसेम्बरकै दिन खालिस्तानी आतङ्ककारी समूहले भारतको संसदमा पुनः दोस्रो पटक बम बिस्फोट गराउन सफल भएका छन् । खालिस्तानी आतङ्ककारी समूहले पटक पटक भारत सरकारलाई फोन गरेर लोकसभामा बम बिस्फोट गराउने धम्की दिदै आइरहेका थिए । भारतमा भारतीय जनता पार्टीको सरकार छ ।
नरेन्द्र मोदी प्रधानमन्त्रीको रुपमा भारतीय सरकारको नेतृत्व गरिरहेका छन् । संसदको सुरक्षा गर्न नसक्ने मोदी सरकारले जनताको सुरक्षा गर्न नसक्ने भन्दै प्रमुख प्रतिपक्ष कांग्रेस आइ लगायतका विपक्षी दलहरूले सरकारको विरोध गरेका छन् ।