शिक्षादीप कलेजमा विज्ञान सम्बन्धी ६ दिने कार्यशाला गोष्ठी सुरु

  • ब्रह्मदेव यादव, विराटनगर ५१९  पटक हेरिएको

बुधबार, मंसिर २७, २०८० समय : १३:४०:५६ , १२ महिना अगाडि

विराटनगरको शिक्षादीप कलेजमा बुधबारदेखि विज्ञान सम्बन्धी ६ दिने कार्यशाला गोष्ठी सुरु भएको छ । शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले लामो समयको तयारी पछि रिसिक इनोभेसन प्रा.लि. र द स्वाक्ड अफ चेन्ज मेकर्स सँगको सहकार्यमा विज्ञानसम्बन्धी कार्यशाला गोष्ठी आयोजना गरिएको जानकारी गराए । गोष्ठीमा कलेजका ३० भन्दा बढि विद्यार्थीहरुले विज्ञानसम्बन्धी प्लेन, रकेट, सेटलाइट लगायतका सामग्री आविश्कार गर्ने कार्यमा जुटेका छन् ।

पुष २ गते कलेजले आयोजना गर्ने भव्य समापन समारोहमा विद्यार्थीहरुले आविश्कार गरेका विज्ञानसम्बन्धी सामग्री प्रदर्शनमा ल्याइने छ । जुन आविश्कार गरिएको विज्ञान सम्बन्धी सामग्रीको विभिन्न स्कुल, कलेज तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले अवलोकन गर्नेछ । विज्ञान सम्बन्धी कार्यशाला गोष्ठीमा सहभागिता जनाएका ३० जना भन्दा बढि विद्यार्थीहरुले आविश्कारको क्रममा सिकेको सीपलाई दोस्रो चरणमा शिक्षादीप कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई सिकाउने छन् ।

कार्यक्रममा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय एशोसिएसन नेपाल (हिसान) का केन्द्रिय उपाध्यक्ष भेषराज पोखरेलले विज्ञान सम्बन्धी कार्यशाला गोष्ठीका लागि विराटनगरका विद्यार्थीलाई काठमाडौं पुग्नु पर्ने बाध्यता रहेकोले विराटनगरको शिक्षादीप कलेजले अब विद्यार्थीहरुको काठमाडौं पुग्नु पर्ने बाध्यतालाई निराकरण गरेको बताए । रिसिक इनोभेसन प्रा.लि.का अध्यक्ष सुशिलदेव भट्टराईले विज्ञान सम्बन्धी ६ दिने कार्यशाला गोष्ठीमा विद्यार्थीहरुले रकेट, रिमोट कन्ट्रोल प्लेन, न्यानो सेटलाइट लगायतको सामग्री आविश्कार गर्नेछ ।

विद्यार्थीहरुले आविश्कार गरेका सामग्री मध्ये रिमोट कन्ट्रोल प्लेनलाई ३ किलोमिटर दूरी सम्म रिमोट बाटै कन्ट्रोल गर्ने गरी उडाउन सक्ने बताए । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइराला कोशी प्रदेशका सांसद एवं विराटनगर महानगरपालिकाका पूर्व मेयर भीम पराजुली, हिसानका कोशी प्रदेश सचिव दिपेश बास्तोला, कलेजका सञ्चालक शैलेन्द्र सिवाकोटी, रमेश मण्डल, रामचन्द्र अधिकारी, भुपेन्द्र दाहाल, शंकर भट्टराई र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट) का सह प्राज्ञ इन्द्रमणी भगतको कार्यक्रममा सहभागिता रहेको थियो ।

कलेजका संस्कृतिक कर्ण र सिम्रिका तिम्सिनाले विज्ञान सम्बन्धी गोष्ठी आयोजनाको बारेमा आफ्ना धारणा प्रस्तुत गरेका थिए ।