- ब्रह्मदेव यादव, विराटनगर ४७३ पटक हेरिएको
आइतबार, मंसिर २४, २०८० समय : १४:४१:२४ , १२ महिना अगाडि
मोरङ व्यापार संघले २०८० पुस ६ गतेदेखि १६ गतेसम्म विराटनगरमा आयोजना गर्न लागेको मोरङ व्यापार संघ एक्स्पोमा डिजिटल प्रविधिलाई प्रयोगमा ल्याएका छन् । संघले एक्स्पोको स्टल बुकिङ फारम आव्हानदेखि स्टलको अनुगमन तथा निरीक्षण र बुकिङसम्मको सबै कामका लागि डिजिटल प्रविधिको प्रयोग गरिरहेका छन् ।
संघका उपाध्यक्ष तथा एक्स्पो संयोजक अनिल साहले एक्स्पोमा उद्योगी व्यवसायीले स्टल राख्नका लागि भर्ने फारम, स्टलको अनुगम तथा निरीक्षण र स्टल बुकिङको लागि सबै काम अनलाइनबाटै गर्ने व्यवस्था मिलाइएको जानकारी गराए ।
पुस ६ गतेदेखि विराटनगर महानगरपालिकाको वडा नं. २ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गमा संचालनमा आउने मोरङ व्यापार संघ एक्स्पोको अवधि भरी प्रत्येक दिन कुन कुन कलाकारको प्रस्तुती रहने विषयको विराटनगर वासीलाई मोबाइलमै एसएमएस पठाएर जानकारी गराउने व्यवस्था मिलाइएको संयोजक साहले बताए ।
संघले एक्स्पो प्रवेशका लागि ३ हजार भन्दा बढि आइडी कार्ड वितरण गर्ने तयारी गरेका छन् । एक्स्पोको सुरक्षालाई ध्यानमा राखेर नक्कली आइडी कार्डको दुरुपयोग रोक्न डिजिटल प्रविधिबाट क्यूआर कोड भएको आइडी कार्ड बनाउने तयारी थालिएको संयोजक साहले बताए । संघले सचिवालय व्यवस्थापन समितिमा रहेका बिनय लाभलाई डिजिटल प्रविधिको सबै कामको जिम्मेवारी सुम्पिएको छ ।
मोरङ व्यापार संघले साढे ३ करोड भन्दा बढि रकम खर्चेर विराटनगरमा संघकै नामबाट एक्स्पो आयोजना गर्ने कार्यमा जुटेका छन् । नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरेर ४ देशका २ सय ५० भन्दा बढि एक्स्पोमा स्टल रहने छ ।