- चिरफार डटकम, विराटनगर ५६६ पटक हेरिएको
शुक्रबार, मंसिर ०८, २०८० समय : १६:३१:३२ , १ वर्ष अगाडि
जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्यसमिति मोरङ पुर्नगठन भएको छ । राजकुमार यादवलाई आगामी मोरङ जिल्ला अधिवेशन गराउने गरी पनः पुर्नगठित समितिको अध्यक्ष पदको जिम्मेवारी दिएको छ । युवा नेता राकेश रोशन यादवलाई पुर्नगठित समितिमा जिल्ला सदस्य र प्रवक्ताको जिम्मेवारी सुम्पिएको छ ।
पुर्नगठित ५७ सदस्यीय मोरङ जिल्ला समितिको उपाध्यक्षमा महेश्वर यादव र मन्थलाल यादव, सचिवमा राछमी किराँती, उपसचिवमा दिनेशकुमार साह र विनोद सिंह तथा कोषाध्यक्षमा विनिताकुमारी सिंह रहेका छन् ।
दिलिपकुमार चौधरी, रामबहादुर यादव, मो. हकमुदिन, नागेश्वर यादव, जितनारायण साह, जगत चेम्जोङ्ग, धर्मराज लिम्बु, हुस्ना वानो, कुशेश्वर राजवंशी, रमेश यादव, बालदेव यादव, राकेश रोशन यादव, गंगाप्रसाद यादव, कैलाश मण्डल, सदिना खातुन, नथुनीप्रसाद सिंह, विजयकुमार सिंह, बिमला साह, खड्ग लिम्बु, छत्र चेम्जोङ्ग, दिलबहादुर तामाङ, केशवबहादुर मगर, मणिकुमार राई, आनन्द लिङ्खा, प्रकाशकुमार मण्डल, जीवनेश्वर यादव, पहिचान राजवंशी, देवेन्द्र राई, गोविन्द बनेम, कमला साह, सन्तोष यादव, ओमप्रकाश अग्रवाल, झरीलाल यादव, समिम कमर, खड्गबहादुर राई, शमशेर लिम्बु, हेमभक्त तमु, दिनेश यादव, कमल गुरुङ, रामकुमार राई (उर्लाबारी), रामकुमार राई (लेटाङ), आनन्द राजवंशी, पशुपति पासवान, पन्नालाल हेमरन, कृष्ण हेमरन, हरिप्रसाद साह र हरिनारायण साह पुर्नगठित कार्यसमितिमा सदस्य रहेका छन् ।