आन्तरिक राजश्व कार्यालय विराटनगरमा करदाता शिक्षा तथा छलफल कार्यक्रम 

  • चिरफार डटकम, विराटनगर ५२२  पटक हेरिएको

बुधबार, मंसिर ०६, २०८० समय : १७:२६:४३ , १ वर्ष अगाडि

आन्तरिक राजश्व कार्यालय विराटनगरले १२औं राष्ट्रिय कर दिवस एवं करसप्ताह २०८० को अवसरमा बुधबार सरोकारवाला निकायसँग छलफल गरेका छन् ।आन्तरिक राजश्व कार्यालय विराटनगरले नेपाल चार्टर एकाउन्टेन्ट संस्था विराटनगर शाखा सँग सहकार्य गरेर करदाता शिक्षा तथा छलफल कार्यक्रम आयोजना गरेको हो ।

आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डि.बि. क्षेत्री, नेपाल उद्योग परिसंघका केन्द्रिय उपाध्यक्ष तथा कोशी प्रदेश अध्यक्ष उद्योगी भीम घिमिरे, नेपाल चार्टर एकाउन्टेन्ट संस्था विराटनगर शाखाका अध्यक्ष सीए अश्विनी बंशल, नेपाल चार्टर एकाउन्टेन्ट संघ कोशी प्रदेश अध्यक्ष सीए मनोज अधिकारी, करदाता शिक्षा तथा छलफल कार्यक्रममा अतिथिको रुपमा सहभागि थिए ।

कार्यालयका अधिकृत, कर्मचारी, सीएहरुको कार्यक्रममा सहभागिता रहेका थिए । नेपाल चार्टर एकाउन्टेन्ट संस्था विराटनगर शाखाका अध्यक्ष सीए अश्विनी बंशलले उद्योगी तथा व्यवसायीहरूले कच्चा सामान आयातदेखि उत्पादित सामान आयात निर्यात गर्दा बिक्रीबाट आर्जन गरेको नाफाबाट तिर्नुपर्ने कर र राज्यले आन्तरिक राजश्व कार्यालय मार्फत असुली गरी रहेको करको बारेमा प्रस्तुती व्यक्त गरेका थिए ।