- चिरफार डटकम, विराटनगर ५६४ पटक हेरिएको
आइतबार, मंसिर ०३, २०८० समय : १४:२५:०३ , १ वर्ष अगाडि
विराटनगरमा आइतबार एकैदिन १० करोड भन्दा बढि रुपैयाँ बराबरको क्रिकेटमा सट्टेबाजी लागेको छ । भारतमा आइतबार विश्वकप क्रिकेटको फाइनल खेल सुरु भएको छ । आयोजक भारत र पाहुना टिम अस्ट्रेलिया विश्वकप क्रिकेट उपाधिका लागि फाइन खेल खेलिरहेका छन् ।
विराटनगरका अथर अन्सारी क्रिकेटका मुख्य सट्टेबाजी हुन् । र उनको विराटनगर–९ स्थित घोघापुल चौकको पसल भएको घरमै क्रिकेटको सट्टेबाजी हुने गरेका छन् । अन्सारीले प्रहरी प्रशासनकै सहयोगमा बषौंदेखि क्रिकेट खेलको सट्टेबाजी सञ्चालन गर्ने गरेका छन् ।
क्रिकेटको सट्टेबाजीबाट अन्सारीले आर्जन गरेको मोटो रकम शिक्षा, स्वास्थ्य र व्यवसायी फर्ममा लगानी गरेका छन् । यस विषयमा राज्य मौन छ ।