५१ दिनदेखि सरकारी कर्मचारी बेपत्ता, खोजीमा राज्य उदासिन 

  • चिरफार डटकम, विराटनगर ५१७  पटक हेरिएको

आइतबार, कार्तिक १९, २०८० समय : १५:१७:५३ , १ वर्ष अगाडि

नेपाल सरकारका १ जना कर्मचारी ५१ दिनदेखि बेपत्ता छन् । खोजी कार्यक्रममा राज्य उदासिन रहेको पीडित पक्षले आरोप लगाएका छन् । नेपाल टेलिकमको झापा स्थित सुरुङ्गा शाखाका निमित्त कार्यालय प्रमुख दिलिप सुवेदी २०८० भाद्र ३० गते शनिबारदेखि बेपत्ता भएका छन् । निमित्त कार्यालय प्रमुख दिलिप सुवेदीका बुवा नेत्रप्रसाद सुवेदीले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरेर छोराको खोजी गरिदिन राज्य सँग गुहार मागेका छन् ।

छोरा मरेको भए लाश नभए जिउँदो छ भने सास उपलब्ध गराइदिन बाबु नेत्रप्रसाद सुवेदीले सरकार गुहारेका हुन् । ६ वर्ष अघि नेपाल सरकारको सरकारी सेवामा प्रवेश गरेका विराटनगर ४ निवासी दिलिप सुवेदी झापाको कन्काई नगरपालिका ३ स्थित नेपाल टेलिकम शाखाको लेखा अधिकृतको रुपमा निमित्त कार्यालय प्रमुखको रुपमा कार्यरत थिए ।

भाद्र ३० गते बिहान कार्यालय प्रवेश गरेका दिलिप सुवेदी केही समय चिया खान बाहिर निस्केका थिए । केही समय पछि कार्यालय प्रवेश गरेका सुवेदी ग्रेस्ट हाउसमा आराम गरिरहेका थिए । विराटनगरमा रहेका श्रीमती सँग लामो समय सम्म भिडियो कलमा गफ गरेका सुवेदी त्यसपछि बेपत्ता भएका छन् । र अहिलेसम्म बेपत्ता अवस्थामा रहेको छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बेपत्ता भएका दिलिप सुवेदीको बारेमा अनुसन्धान भई रहेको बताए ।