जोशी प्रदेश अध्यक्ष, लखोटिया विराटनगर अध्यक्ष

  • ... ९९४  पटक हेरिएको

आइतबार, माघ ०१, २०७९ समय : १४:४६:२६ , २ वर्ष अगाडि

  • चिरफार डटकम, विराटनगर

विराटनगरका दुई युवा व्यवसायी शिवरतन जोशी र विजय लखोटिया जनजाति कल्याण आश्रम नेपाल, आमाको माया छात्रा वासको नयाँ पदाधिकारी चुनिएका छन् । जोशी जनजाति कल्याण आश्रम नेपाल आमा माया छात्रावासको १ नं. प्रदेशको नगर स्तरिय अध्यक्ष चुनिएका छन् ।

लखोटिया छात्रावासको विराटनगर अध्यक्ष चुनिएको हो । जनजाति कल्याण आश्रम नेपाल आमाको माया छात्रावास विराटनगरको आइतबार सम्पन्न साधारणसभा तथा सामुहिक खिचडी वितरण कार्यक्रममा आश्रमका केन्द्रिय अध्यक्ष सुरेश रुङटाको सल्लाह बमोजिम जोशी र लखोटिया नयाँ पदाधिकारी चुनिएको हो ।

जोशी आश्रमको छात्रावास विराटनगरमा ८ वर्षसम्म अध्यक्ष पदको जिम्मेवारीमा रहेर काम गरेका थिए । लखोटिया यसअघि आश्रमको छात्रावासमा कोषाध्यक्ष थिए ।

साधारण सभामा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाला, उपमेयर शिल्ला निराला कार्की, प्रतिनिधि सभाका सांसद योगेन्द्र मण्डल, विराटनगर–११ का सब्जीमण्डीका अध्यक्ष पशुपति भगत, आश्रमका जग्गा दाता बेनिगोपाल मुदडा, गोल्डेन अस्पतालका अध्यक्ष डा. श्यामकुमार रौनियार, सुरक्षा अस्पतालका डा. रम्भा देवले मानव सेवामा अगाडी बढिरहेको जनजाति कल्याण आश्रम नेपाल, आमाको माया छात्रावास विराटनगर प्रति आभार प्रकट गरेका थिए । आश्रमका अध्यक्ष मदनकुमार साह, पूर्वअध्यक्ष सियारामप्रसाद रौनियारले पनि आश्रमको स्थापनादेखि हालसम्म गरेको कामको बारे जानकारी गराएका थिए ।