कात्तिक २३ गते उद्योग संगठन मोरङको चियापान कार्यक्रम 

  • चिरफार डटकम, विराटनगर ४३३  पटक हेरिएको

बुधबार, कार्तिक १५, २०८० समय : १४:४९:१९ , १ वर्ष अगाडि

उद्योग संगठन मोरङले कात्तिक २३ गते विहीबार शुभकामना आदानप्रदान र चियापान कार्यक्रम गर्ने तयारी थालेको छ । शुभ–दीपावली, नेपाल संवत् र छठ पर्वको पारेर संगठनले शुभकामना आदानप्रदान र चियापान कार्यक्रम गर्न लागेको हो । संगठनका अध्यक्ष राकेश सुरानाले कात्तिक २३ गते बिहीबार विराटनगर स्थित संगठनको कार्यालयमा दिनको ४ः०० देखि ६ः०० बजेसम्म शुभकामना आदानप्रदान र चियापान कार्यक्रम चल्ने जानकारी गराएको छ ।

संगठनमा अध्यक्षको जिम्मेवारी सम्हालेपछि सुरानाको यो पहिलो चियापान कार्यक्रम हो । जुन कार्यक्रममा हरेक क्षेत्र तह र तप्काका विशिष्ट व्यक्तिहरूलाई आमन्त्रण गरिएको छ । तिहारको मुखमा आयोजना गर्न लागेको चियापान कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गराउन संगठनले तयारीलाई तिव्रता दिएको छ ।

संगठनले देउसी भैली गीत मार्फत अतिथि पाहुनाहरूलाई स्वागत गर्ने छ । जसका लागि बेग्लै मञ्च तयार पार्ने तयारी भइरहेको छ । सुनसरी, मोरङ औद्योगिक करिडोरको समस्यालाई कार्यक्रममा कलाकारहरूले उठान गर्ने तयारी थालिएको संगठनका महानिर्देशक चुडामणी भट्टराईले बताए ।