मोरङमा एउटै जग्गामा दुई भन्दा बढि बाली उत्पादन 

  • चिरफार डटकम, विराटनगर ३७९  पटक हेरिएको

मंगलबार, कार्तिक १४, २०८० समय : १५:१८:४० , १ वर्ष अगाडि

मोरङ जिल्लामा एउटै खेती योग्य जग्गामा दुई भन्दा बढि बाली उत्पादन हुने गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाडौँले मंगलबार विराटनगरमा आयोजना गरेको कोशी प्रदेश स्तरीय राष्ट्रिय कृषि गणना २०७८ को सार्वजनिक रण कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाडौंका निर्देशक बद्रिकुमार कार्कीले देशको अन्य जिल्लाको तुलनामा मोरङ जिल्लामा एउटै कृषि योग्य जग्गामा दुई भन्दा बढि पटक सम्म बालिको उत्पादन भई रहेको तथ्याङ्क सार्वजनिक गरेको हो ।

कार्यालयले देश भरीका ३ लाख ३० हजार १ सय १२ कृषि परिवारबाट कृषि गणना २०७८ को तथ्याङ्क संकलन गरेको हो । जसका लागि कार्यालयले ७ हजार भन्दा बढि जनशक्ति परिचालन गरेका थिए । कार्यालयले २०७८ चैत्रदेखि २०७९ जेठसम्म ४५ दिन लगाएर तथ्याङ्क संकलन गरेका थिए । कार्यालयका निर्देशक कार्कीले नेपालमा खेतीयोग्य जग्गा घट्दै गइरहेको र बसोवास गर्ने परिवारको संख्या वृद्धि भई रहेको तथ्याङ्क सार्वजनिक गरेका छन् ।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीराष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव तोयम राय, कोशी प्रदेशका मुख्य सचिव दिपक काफ्ले, मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव लगायत मन्त्रालयका सचिव र तथ्याङ्क तथा कृषि कार्यालय सँग आवद्ध कर्मचारीहरूको सहभागिता रहेको थियो ।