विराटनगरमा मनोरञ्जन गर्ने जोडीको संख्या बढ्दो

  • ब्रह्मदेव यादव, विराटनगर १२५६  पटक हेरिएको

आइतबार, कार्तिक १२, २०८० समय : १४:१५:२१ , १ वर्ष अगाडि

विराटनगरमा रमाइलोका लागि सहमति मै मनोरञ्जन गर्ने जोडीको संख्या बढ्दो छ । सहमति मै होटल तथा लजमा मनोरञ्जन गर्न आउँने जोडीको संख्या बढ्दो क्रम जारी छ । मोरङ प्रशासनले आपसी सहमतिमा होटल तथा लजमा मनोरञ्जन गर्न आउँने जोडीलाई छुट दिएकोले मनोरञ्जन गर्न हरेक उमेर समूहका व्यक्तिको संख्या बढ्दो क्रममा छ । भारत र नेपालका हरेक उमेर समूहका पुरुषहरू मनोरञ्जन गर्न महिलासँग होटल तथा लज पुग्ने गरेको छ ।

नेपाल भारतको सीमान्त क्षेत्र रानी नाकादेखि विराटनगरका कतिपय होटल तथा लजहरूमा मनोरञ्जन गर्ने जोडीको संख्या बाक्लै छ । नेपाल भारतको सीमान्त क्षेत्र रानी नाका आसपासका होटल तथा लज काठमाडौंको पर्यटकीय स्थल ठमेल जस्तै बन्न पुगेको छ । प्रत्येक दिन २ दर्जन भन्दा बढि महिलाहरूले रानी नाका आसपासका होटल तथा लजहरूमा रकम लिएर पुरुषहरूलाई मनोरञ्जन प्रदान गरिरहेका छन् । पैसाको लागि पुरुषलाई मनोरञ्जन प्रदान गर्न विराटनगरका महिलाहरू रानी नाकामा पुग्ने गरेका छन् ।

रानी नाकाको २ नं. भन्सार ढाट नजिक रहेको होटल तथा लज अगाडि महिलाहरू समूहगत रूपमै भेला हुने गरेका छन् । र उनीहरूले मोलतोल गरेर रकम लिई सकेपछि आपसी सहमतिमा होटल तथा लजहरूमा ग्राहकलाई मनोरञ्जन दिने गरेका छन् । पछिल्लो समय रानी नाका आसपासका होटल तथा लज अगाडि महिलालाई भेलाभई किनमेलका लागि जोगबनी पुग्ने बाटो हिड्ने जोकोहीलाई जाने हो, सेवा लिने हो जस्ता शब्द प्रयोग गरेर ग्राहक लोभ्याउने गरेको कारण स्थानीयवासी देखि बाटो हिड्ने सर्वसाधारण आफूलाई हीनताबोध गरिरहेका छन् । यस बाहेक रानी नाका नजिकै रहेको ईलाका प्रहरी कार्यालय रानी आसपासका होटलका सञ्चालकहरूले समेत बाहिरबाट महिला ल्याएर ग्राहकलाई मनोरञ्जन प्रदान गर्दै मोटो रकम असुली गरिरहेका छन् ।

रानी नाका मात्र होइन रानीदेखि विराटनगर सम्म सञ्चालनमा रहेका गीत गजल रेष्टुरेन्ट, होटल तथा लजहरूमा समेत आपसी सहमतिमा मनोरञ्जन गर्न आउँने जोडीलाई सहज रुपमा होटलका सञ्चालकहरूले कोठा उपलब्ध गराई रहेका छन् । कोशी प्रदेशको राजधानी विराटनगरमा यसरी खुलेआम मनोरञ्जन गर्न आउँने जोडीको बारेमा प्रहरी प्रशासन जानकार छ की छैन भन्ने खोजीको विषय बन्न पुगेको छ ।