विराटनगरमा क्रिकेटको सट्टेबाजी र कौडा खाल सञ्चालन

  • ब्रह्ममदेव यादव, विराटनगर ९७८  पटक हेरिएको

शनिबार, कार्तिक ११, २०८० समय : ११:२५:०० , १ वर्ष अगाडि

विराटनगरमा केही समय यता एक साथ क्रिकेटको सट्टेबाजी र कौडाको खाल सञ्चालन भई रहेका छन् । यस बाहेक विराटनगरको विभिन्न ठाउँमा डाईसको खाल समेत सञ्चालनमा रहेका छन् । विजया दशमी सुरु हुनु भन्दा १५ दिन अगाडिदेखि संघीय सांसद, पूर्वसंघीय सांसदको घरमा कौडाको खाल सञ्चालनमा रहेका छन् ।

जुन कौडा खालमा प्रत्येक रात करोडौं रकम बराबरको हार जितको खेल हुने गरेका छन् । यस संङ्घयी असोज १८ गतेदेखि सुरु भएर मंसिर ३ गतेसम्म चल्ने विश्व वर्ल्डकप क्रिकेट प्रतियोगितामा विराटनगरमा प्रत्येक खेलमा करोडौं रकम बराबरको सट्टेबाजी भई रहेका छन् । सन् २०२३ को विश्व वर्ल्डकप क्रिकेट प्रतियोगिता भारतमा सञ्चालन भइ रहेका छन् ।

जुन वर्ल्डकप क्रिकेट प्रतियोगितामा विश्वका १० टिमको सहभागिता रहेका छन् । विराटनगरका अर्थर अन्सारीदेखि दर्जनौं व्यवसायीका सट्टेबाजहरुले वर्ल्डकप क्रिकेट प्रतियोगितामा करोडौं रकम बराबरको सट्टेबाजीको खाल सञ्चालन गरिरहेका छन् । विराटनगरका राकेश रौनियार, मुन्ना साह स्वर्णकार, अफरोज खान,  मुख्य सट्टेबाज अथर अन्सारीका सहयोगिको रुपमा सट्टेबाजको खेल सञ्चालन गरिरहेका छन् । यस बाहेक विराटनगरको बरगाछी चौक नजिक सन्तोष चापागाईं र विक्की साहले १५ दिनदेखि डाईसको खाल सञ्चालन गरिरहेका छन् ।

निहारिका कलेज नजिक बन्द अवस्थामा रहेको कोल्ड स्टोर भित्र दिनभरी र प्रत्येक राती ७ देखि ९ बजेसम्म सडक मार्गमा डाईसको खाल सञ्चालन हुने गरेका छन् । प्रत्येक दिन ५ लाख भन्दा बढि रकम बराबरको डायस खेलमा हारजित हुने गरेका छन् । कोशी प्रदेशको राजधानी विराटनगरमा अवैध रुपमा सञ्चालनमा रहेको क्रिकेटको सट्टेबाजी, कौडाखालडाईस खाल बारे मोरङ प्रहरी जानकार छ की छैन रहस्यको विषय बन्न पुगेको छ ।