- चिरफार डटकम, विराटनगर ६१६ पटक हेरिएको
सोमबार, कार्तिक ०६, २०८० समय : १४:२७:२१ , १ वर्ष अगाडि
विराटनगर भन्सार कार्यालयको गोदाममा एक व्यवसायीको मोटो रकम बराबरको चोकोपाई बिस्कुट कुहिएको छ । जुन बिस्कुटबाट सरकारले १८ लाख भन्दा बढि रुपैयाँ राजश्व प्राप्त गर्ने थियो । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्र राज ढकालको तानाशाही रवैयाका कारण नेपाल सरकारले चोकोपाई बिस्कुटबाट प्राप्त गर्ने १८ लाख रुपैयाँ राजश्व गुमेको छ ।
व्यवसायीको करोडौं रकम बराबरको चोकोपाई बिस्कुट गोदाममै कुहिएको छ । काठमाडौंको जतिन टेड्रर्सले विराटनगर भन्सार कार्यालय हुँदै नेपाल भित्र्याउन लागेको चोकोपाई बिस्कुटमा भन्सार प्रमुख ढकालले भन्सार ऐन विपरित थप रकम राजश्व तिराउन लागेपछि व्यवसायीले असहमति जनाएका थिए । जसको कारण विराटनगर भन्सार कार्यालयबाट चोकोपाई बिस्कुट जाँच पास हुन सकेन । र भन्सार कार्यालयकै गोदाममा चोकोपाई बिस्कुट पग्लेर ड्यामेज भएको छ ।
क्रिमबाट बनेको बिस्कुट चिसो ठाँउमा राख्नु पर्छ नभए गर्मीमा क्रिम पग्लिदै बिस्कुट खेर जान्छ । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ढकाल र जतिन टेड्रर्स काठमाडौंका सञ्चालक बिच चोकोपाई बिस्कुट जाँच पास गराउने क्रममा मनमुटाव र भनाभन भएपछि बिस्कुट छुट्न सकेन । र भन्सार कार्यालयको टिनको छत भएको गोदाममा गर्मीका कारण चोकोपाई बिस्कुट पग्लेर ड्यामेज भएको छ ।