- चिरफार डटकम, विराटनगर ६९० पटक हेरिएको
मंगलबार, आश्विन ३०, २०८० समय : १७:३३:४९ , १ वर्ष अगाडि
विराटनगर महानगरपालिकाको वडा नं. ७ स्थित विश्रान्ति स्थल तथा श्मसानघाटमा विभिन्न जातका वृक्षारोपण गरिएको छ । श्मसानघाट समितिका पदाधिकारीहरूले श्मसानघाटमा विभिन्न जातका २५ वटा बिरुवा वृक्षारोपण गरेका छन् ।
श्मसानघाट समितिका अध्यक्ष उद्योगी सतिश दुगड, विराटनगर ७ का वडाध्यक्ष मधुबाबु तिवारी, मारवाडी सेवा समिति विराटनगरका अध्यक्ष गोविन्द झुनझुनवाला, पूर्वअध्यक्ष मोहनलाल शर्मा, समितिका महासचिव एवं समाजसेवी घनश्याम राठी, मारवाडी महिला मञ्च विराटनगरका अध्यक्ष अमिता पेडिवाल, मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष जय शर्मा, समाजसेवी ओमप्रकाश अग्रवाल, मारवाडी महिला मञ्च विराटनगरकी सचिव मिलन नौलखा लगायत मारवाडी समाजका अग्रजहरू वृक्षारोपण कार्यक्रममा सहभागि भएका थिए ।
श्मसानघाट समितिको अध्यक्ष पदको जिम्मेवारी सम्हालेपछि दुगडको यो श्मसानघाटमा पहिलो वृक्षारोपण कार्यक्रम हो ।