विराटनगरका मारवाडी महिलाले डांडिया नृत्यमा झुमेर नाचे 

  • ब्रह्मदेव यादव, विराटनगर १३७०  पटक हेरिएको

शुक्रबार, आश्विन २६, २०८० समय : १५:२५:१७ , १ वर्ष अगाडि

विराटनगरमा बसोवास गरिरहेका मारवाडी महिलाहरूले विहीबार राती डांडिया नृत्यमा झुमेर नाचेकी छिन् । मारवाडी महिला मञ्चले विराटनगर–९ स्थित सिटी पार्टी प्यालेसमा डांडिया नृत्य समारोह आयोजना गरेका थिए । जुन नृत्य समारोहमा ६ सय ५० भन्दा बढि महिलाहरूले डांडिया नृत्य प्रस्तुत गरेको मञ्चका सचिव मिलन नौलखाले बताइन ।

मारवाडी महिलाहरूले भारतको चर्चित हास्य टिभी शृंखला “तारक मेहताका उल्टा चश्मा” नाटक प्रस्तुत गर्दै डांडिया नृत्यमा झुमेर नाचेका थिए । समारोहमा मारवाडी महिला मञ्च विराटनगरका पदाधिकारी र सदस्यहरूले विभिन्न मारवाडी गीतमा डान्स प्रस्तुत गरेका थिए ।

डांडिया नृत्य समारोहमा माहेश्वरी समाज विराटनगरका अध्यक्ष उद्योगी घनश्याम काबरा मारवाडी समुदायका भाषा तथा संस्कृति विज्ञ भीखमचन्द सरल, उद्योगी घनश्याम राठी, मारवाडी महिला मञ्च विराटनगरका अध्यक्ष अमिता पेडिवाल, सचिव मिलन नौलखा, माहेश्वरी युवा मञ्च विराटनगरका अध्यक्ष उद्योगी अजय राठी, उद्योगी व्यवसायी लगायत मञ्चका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।