- चिरफार डटकम, विराटनगर ४२८ पटक हेरिएको
बुधबार, आश्विन २४, २०८० समय : १६:३२:४३ , १ वर्ष अगाडि
नेपालीहरूको महान चाडपर्व विजया दशमीको मुखमा विराटनगरमा पुरानो कपडा बिक्री भई रहेको छ । चरम आर्थिक मन्दीको कारण व्यवसायीले नयाँ कपडा खरिद गरेर भित्र्याउन नसक्दा ग्राहक पुरानै कपडा किन्न बाध्य छन् । नयाँ कपडा लगाएर विजया दशमीको टिका लगाउने नेपाली परम्परा छ । विजया दशमीको मुखमा नयाँ कपडा किन्न बजार पुग्ने गरेका जोकोहीले १० देखि २० प्रतिशतसम्म छुटमा पुरानो कपडा खरिद गरिरहेका छन् । विराटनगरका साना पसलदेखि ठूला भनिएका सुपर मार्केटसम्म १० देखि २० प्रतिशतसम्म छुटमा पुरानो कपडा बिक्री भई रहेको छ ।
विराटनगर स्थित भाटभटेनी सुपर मार्केटले २० प्रतिशत नयाँ र ८० प्रतिशत पुरानौ कपडा बिक्री भईरहेको स्पष्ट पारेको छ । भाटभटेनी सुपर मार्केटले विजया दशमीको अवसर पारेर घटस्थापनाको दिनदेखि पुरानो कपडामा १० प्रतिशतसम्म छुट दिने तयारी गरेको छ । विराटनगरकै सेन्ट्रल मलले १० प्रतिशतसम्म छुटमा पुरानो कपडा बिक्री गरिरहेका छन् । कोभिड–१९ महामारी अघि विराटनगरका थोक तथा खुद्रा व्यवसायीले मोटो परिमाणमा कपडा खरिद गरेर भित्र्याएका थिए । कोभिड–१९ महामारीका कारण देशमा लामो समयसम्म लकडाउन लागेकोले कपडाको बिक्री हुन सकेन ।
लकडाउन हटेपछि २ वर्षदेखि व्यवसायीहरूले गोदाममा थन्काएर राखेका पुराना कपडामा केही नयाँ कपडा मिसाएर नयाँ कपडा भन्दै बिक्री गरिरहेका छन् । विराटनगरका व्यवसायीहरूले बिक्री गर्ने गरेका सट, पेन्ट लगायतका कपडामा ग्राहकलाई १० देखि २० प्रतिशतसम्म छुट दिई रहेका छन् । नयाँ कपडा किन्न बजार पुग्ने गरेका जो कोही सर्वसाधारण भएजति सबै पसलमा पुगेर आफूले खोजे जस्तो कपडा नपाउँदा पुरानौ कपडा खरिद गरेर घर फर्किरहेका छन् । भाटभटेनी सुपर मार्केटले कपडा उत्पादन गर्ने चिनियाँदेखि उद्योगी सँग मोटो परिमाणमा खरिद गरिएको कपडा पुरानो भएपछि पुनः फिर्ता गरेर नयाँ कपडा ल्याएर बिक्री गरिरहेको दाबी गरिरहेका छन् । तर विश्वका ठूला ठूला सुपर मार्केटले २ वर्षसम्म बिक्री गर्न नसकेका कपडा फिर्ता गर्ने चलन छ ।
विराटनगरका अधिकांश कपडा व्यवसायीले ठूला ठूला सुपर मार्केटले फिर्ता गरेको पुरानो कपडा ५० प्रतिशत मूल्यमा खरिद गरेर बिक्री गरिरहेका छन् । ग्राहकले यसरी खरिद गर्ने गरेको पुरानो कपडा १ पल्ट लगाई सकेपछि अर्को पल्ट लगाउन नसक्ने गरी पुरानो देखिन थालेका छन् । यस विषयमा व्यवसायी कुनै प्रतिक्रिया दिन मान्दैनन् । राज्यको निकाय चुपलागेर बसेका छन् ।