इजरायल आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु 

  • ब्रह्मदेव यादव, विराटनगर ३४७  पटक हेरिएको

सोमबार, आश्विन २२, २०८० समय : १५:५६:५८ , १ वर्ष अगाडि

प्लालेस्टाइनी आतंककारी समूह हमासले इजरायल माथि गरेको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भएका छन् । आतंककारी समूह हमासले शनिबारदेखि लगातार ३० घण्टासम्म इजरायल माथि आक्रमण गरेका थिए । नेपालबाट इजरायल सरकारको सहयोगमा “लर्न एण्ड अर्न” कार्यक्रम अन्तर्गत इजरायल पुगेका सुदूरपश्चिम विश्वविद्यालयका १० जना नेपाली विद्यार्थीको इजरायल आक्रमणमा परेर मृत्यु भएको हो ।

नेपालका ३ कृषि विश्वविद्यालयका ११९, त्रिभुवन विश्वविद्यालयका ९७ र सुदूरपश्चिम विश्वविद्यालयका ४९ गरेर २६५ जना विद्यार्थी इजरायल पुगेका थिए । इजरायलको दक्षिणी भू–भाग द्वन्द्वग्रस्त क्षेत्र तेलअविव स्थित किबुज अलुमिनमा रहेका १७ मध्ये १० जना नेपाली विद्यार्थीको आक्रमणमा परेर मृत्यु भएको हो । १ जना विद्यार्थी सम्पर्क बिहिन अवस्थामा छ ।

इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले १० जना नेपाली विद्यार्थीको आक्रमणमा परेर मृत्यु भएको र १ जना विद्यार्थी सम्पर्क बिहिन अवस्थामा रहेको पुष्टी गरेको छ । भारतीय समाचार च्यानल एबिपी न्यूजले इजरायलमा १० जना नेपाली विद्यार्थीको आक्रमणमा परेर मृत्यु भएको पुष्टि गरेको छ । इजरायल द्वन्द्वग्रस्त देश हो । जहाँ हजारौं नेपालीहरू वैदेशिक रोजगारमा जाने गरेका छन् । जसमध्ये इजरायलको विभिन्न घरमा काम गरिरहेका २०० भन्दा बढि नेपाली हाताहात भएको खबर छ ।

सोमबारदेखि इजरायलले पनि हमासमाथि जबाफी आक्रमण सुरु गरेका छन् । दुवै देश बिच आक्रमण जारी रहेकोले इजरायलमा रहेका नेपालीको मृत्युको संख्या बढ्ने अपेक्षा गरिएको छ । हमासले इजरायल माथि आक्रमण गरेकोले त्यहाँको बिजुली, खानेपानी इन्धन लगायतका सेवा ठप्प छ ।