- ब्रह्मदेव यादव, विराटनगर ३५२६ पटक हेरिएको
बुधबार, आश्विन १७, २०८० समय : १६:०४:०५ , १ वर्ष अगाडि
मोरङ र सुनसरी जिल्लाको सीमावर्ती क्षेत्रबाट नेपालतर्फ भइरहेको रजनीगन्धा तस्करीमा कोशी प्रदेशमा कार्यरत दुई डीआईजीको प्रत्यक्ष संलग्नता रहेको रहस्य बाहिरिएको छ । रजनीगन्धा तस्करीमा प्रहरीका दुई उच्च पद श्रेणीका व्यक्ति संलग्न रहेको रहस्य प्रति राज्यको निकाय मौनछ । भारतसँग सिमाना जोडिएको मोरङ र सुनसरीको सीमावर्ती नाकाबाट मासिक रुपमा अर्बौँ रुपैयाँ बराबरको रजनीगन्धा तस्करी भएर नेपाल भित्री रहेका छन् । जुन तस्करीमा नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख डिआइजी राजेशनाथ बास्तोला र सशस्त्र प्रहरीका कोशी प्रदेश प्रमुख डीआईजी अन्जनीकुमार पोखरेलको प्रत्यक्ष संलग्नता रहेका छन् ।
यी दुवै डीआईजी बास्तोला र पोखरेलले रजनीगन्धा तस्करीमा संलग्न तस्करसँग मासिक रुपमा मोटो रकम असुली गरिरहेका छन् । मोरङको विराटनगर भन्सार कार्यालय र सुनसरीको कोशी ब्यारेक भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७९/०८० र चालु आर्थिक वर्ष २०८०/०८१ मा भारतबाट नेपाल तर्फ रजनीगन्धा आयात गरेको छैन । र रजनीगन्धाबाट राज्यले १ रुपैयाँ पनि राजश्व असुली गरेको छैन । तर मोरङ र सुनसरीको ठुलादेखि साना सहरका सबै पसलहरु मार्फत निर्वाध रुपमा रजनीगन्धाको विक्री वितरण भइरहेको छ ।
व्यवसायीले भन्सार राजश्व तिरेर रजनीगन्धा नेपाल नभित्र्याउने तर मोरङ र सुनसरीको ठुलादेखि साना सहकार सबै पसलहरू मार्फत निर्वाध रुपमा रजनीगन्धाको बिक्री कसरी भई रहेको छ । यस विषयमा गम्भिर प्रश्न खडा भएको छ । केही दिन अगाडि गृहमन्त्रालयले कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजना गरेको सुरक्षा बैठकमा सरोकारवालाले गृहमन्त्री नारायण काजी श्रेष्ठ र नेपाल प्रहरीका प्रहरी प्रमुख प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर समक्ष रजनीगन्धा तस्करीको बारेमा विषय उठान गरेका थिए । तर गृहमन्त्री श्रेष्ठ र प्रहरी महानिरीक्षक कुँवर रजनीगन्धा तस्करीको बारेमा जनस्तरबाट उठेको प्रश्नको जवाफ दिन आनाकानी गर्दै पन्छिएका थिए । तर पछिल्लो समय रजनीगन्धासँगै हुन्डी कारोबारीको संख्या बढेको छ । र यसमा दुवै डीआईजीको संलग्नता रहेको पुष्टि भएको छ । तर राज्यको निकाय यस विषयमा मौनछ ।
कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिका र सुनसरी जिल्लाको सदरमुकाम इनरुवा र व्यापारी केन्द्र इटहरीका ठूला व्यवसायीको गोदाममा अर्बौँ रुपैयाँ बराबरको रजनीगन्धा रहेका छन् ।