सतिश दुगड, शमसानघाटको अध्यक्ष 

  • चिरफार डटकम, विराटनगर ७१७  पटक हेरिएको

आइतबार, आश्विन १४, २०८० समय : १७:२४:११ , १ वर्ष अगाडि

उद्योगी तथा समाजसेवी सतिश दुगड विराटनगर–७ हाटखोला स्थित शमसानघाट समितिको अध्यक्ष पदको जिम्मेवारी सम्हालेका छन् । मारवाडी सेवा समिति विराटनगरका पूर्व अध्यक्ष मोहनलाल शर्माले समितिको अध्यक्ष पदमा नबस्ने इच्छा जाहेर गरेपछि दुगडलाई अध्यक्ष पदको जिम्मेवारी सुम्पिएको हो । जुन जिम्मेवारीलाई दुगडले सहज रुपमा स्वीकार गरेका छन् ।

दुगड जैन श्वेताम्बर तेरापंथी सभा विराटनगरको अध्यक्ष पदमा कार्यरत रहनु भएको छ । समितिको उपाध्यक्षमा विशाल केडिया, सचिवमा राजकुमार अग्रवाल, सहसचिवमा जय शर्मा, कोषाध्यक्षमा घनश्याम राठी र सहकोषाध्यक्षमा ओमप्रकाश अग्रवाल रहेका छन् । जुगलकिशोर राठी, मालचन्द सुराना, अविनाश बोहरा, मधुबाबु तिवारी र रञ्जीत झा, कमल डांगा, बिनायक पन्त, पशुपति भगत र दिवाकर राठी समितिको सदस्य रहेका छन् ।