- ब्रह्मदेव यादव, विराटनगर ७९८ पटक हेरिएको
शुक्रबार, आश्विन १२, २०८० समय : १५:०२:१५ , १ वर्ष अगाडि
विराटनगरको प्रतिष्ठित औधोगिक घराना सारडा ग्रुपका निर्देशक पवनकुमार सारडा नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिको अध्यक्ष पदमा निर्वाचित भएका छन् । यस अघि प्रमुख संरक्षकको भूमिकामा रहेका सारडालाई परिसंघले कोशी प्रदेश समितिको सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित गरेको हो । सारडा मोरङ व्यापार संघको लगातार दुई कार्यकाल अध्यक्ष पदमा निर्वाचित भएका थिए ।
सारडाले मोरङ व्यापार संघको ३० औं कार्यकारिणी समिति (२०७१ देखि २०७४) र ३१ औं कार्यकारिणी समिति (२०७४ देखि २०७६) सम्म अध्यक्ष पदमा बसेर काम गरेका थिए । २०६२/०६३ को जनआन्दोलन पछिको संविधान सभाले नेपालको संविधान २०७२ निर्माण गर्दा उद्योगी सारडा संविधान सभाका सदस्य थिए । संविधान निर्माणमा उद्योगी सारडाको महत्वपूर्ण भूमिका रहेको छ । सारडाको स्वामित्वमा ८ भन्दा बढि उद्योग सञ्चालन भई रहेका छन् ।
प्रिमियर वायर प्रा.लि., प्रिमियर स्टिल प्रा.लि., एसियन थाइफुड्स (रमपम चाउचाउ) प्रा.लि., गुडलाइफ बिस्कुट प्रा.लि., न्यूट्री फु्ड्स प्रा.लि., पशुपति खाद्य तेल उद्योग प्रा.लि., विनायक अक्सिजन उद्योग प्रा.लि. र स्वदेशी साबुन उद्योग प्रा.लि.मा सारडा प्रबन्ध निर्देशक रहेका छन् । यस बाहेक सारडाको शिवम् सिमेन्ट उद्योग लगायतका उद्योगमा शेयर सदस्य रहेका छन् ।