- चिरफार डटकम, विराटनगर ६१२ पटक हेरिएको
मंगलबार, आश्विन ०२, २०८० समय : १७:५१:३० , १ वर्ष अगाडि
जनता समाजवादी पार्टी नेपाल कोशी प्रदेश समितिका उपाध्यक्ष तथा मोरङ जिल्ला अध्यक्ष राजकुमार यादवलाई कठालो समातेर दुर्व्यवहार गर्ने ३ जना नगर प्रहरीलाई विराटनगर महानगरपालिकाले कारवाही गरेको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले मंगलबार विज्ञप्ति जारी गरेर नगर प्रहरी हवल्दार रमेश निरौला भण्डारी, नगर प्रहरी जवान विक्रम श्रेष्ठ र बब्लु केशरीलाई नगर प्रहरी सेवाबाट हटाइएको जानकारी गराएको छ ।
जनता समाजवादी पार्टी नेपालले विराटनगर महानगर समितिका उपाध्यक्ष मो. नसरुलको नेतृत्वमा गठन गरेको वार्ता समिति र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला बिच दुई चरणमा वार्ता भएको थियो । महानगर पालिकाका मेयर कोइरालाले असोज २ गते भित्र घटनामा संलग्न नगर प्रहरीलाई कारवाही गर्ने सहमति गरेको थियो । मेयर कोइरालाले गरेको सहमति पालना गर्दै तोकेकै समय सिमा भित्र ३ जना नगर प्रहरीलाई कारवाही गरेको हो ।