- चिरफार डटकम, विराटनगर ५१२ पटक हेरिएको
बिहिबार, भाद्र २८, २०८० समय : १७:४८:०१ , १ वर्ष अगाडि
कोशी प्रदेशका चार दलीय गठबन्धनका मुख्यमन्त्री उद्धव थापालाई असंवैधानिक घोषित गर्न दुई दुई पटक न्यायलयमा मुद्दा दायर गर्ने नेकपा एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने घोषणा गरेका छन् । संघीय सरकारमा सत्ताघटक गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालका शिर्षनेतृत्वको बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने घोषणा गरेका हुन् ।
बैठकमा सहभागि गठबन्धनका एक शिर्षनेताले चिरफारलाई भने गठबन्धनका मुख्यमन्त्री उद्धव थापालाई असंवैधानिक ठहराउन पटक पटक न्यायलयमा मुद्दा दायर गर्नेलाई विश्वासको मत दिने कुरै आउँदैन । भाद्र २२ गते मुख्यमन्त्री पदको सपथ लिएका कार्कीले ३० दिन भित्र विश्वासको मत हासिल नगरेको खण्डमा स्वतः पदमुक्त हुने संवैधानिक व्यवस्था छ ।
असोज २० गते शनिबार भित्र विश्वासको मत हासिल नगरे प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री कार्कीलाई बर्खास्त गर्ने छ । नेकपा एमालेसँग कोशी प्रदेशमा उपसभामुख सहित ४० सांसद छन् । राप्रपाका ६ सांसद छन् । दुवै मिलाएर ४६ सांसद छन् । जसमा बैठकको अध्यक्षता गर्ने उपसभामुख सृजना दनुवारले मतदान गर्न पाउने छैनन् । र उनी सँग ४५ सांसद मात्र रहेन छ । ९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि ४७ सांसदको आवश्यकता पर्छ ।