नेपालभरीका मेयरले विराटनगर–९ वडाकार्यालयबाट श्रीराधाकृष्ण रथयात्राको अवलोकन गर्ने

  • चिरफार डटकम, विराटनगर ४५३  पटक हेरिएको

बिहिबार, भाद्र २१, २०८० समय : १३:२९:५६ , १ वर्ष अगाडि

नेपालभरीका मेयर र उपमेयरहरुले विराटनगर महानगरपालिकाको वडा नं. ९ बुधहाट चौकस्थित वडा कार्यालयको छतबाट श्रीराधाकृष्ण रथयात्रा अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ । नेपालका १४ मेयर र उपमेयरहरु सुरुमा रथयात्रामा सहभागिता जनाएर केही समय रथको डोरी तान्ने र त्यसपछि बुधहाट चौकको नं. ९ वडा कार्यालय भवनको छतबाट रथयात्राको अवलोकन गर्ने कार्यक्रम रहेको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बताए ।

नेपाल भरीका मेयर र उपमेरहरु सिटिनेट नेपालको कार्यक्रममा सहभागिता जनाउन विराटनगर आइपुगेका छन् । विराटनगर महानगरपालिकाले विहीबार विराटनगरमा विकास सम्बन्धी छलफल कार्यक्रम आयोजना ग¥यो । मेयर उपमेयर विकास सम्बन्धी छलफल कार्यक्रममा सहभागिता जनाए । र उनीहरु विहीबार दिउँसो ३ः३० बजे श्रीराधाकृष्ण रथयात्रामा सहभागिता जनाउने कार्यक्रम तय गरिएको छ ।