एफ.एन.सि.सि.आई. कोशीले पर्यटन हवाई तथा यातायात समिति विस्तार गर्‍यो

  • चिरफार डटकम, विराटनगर ७६५  पटक हेरिएको

आइतबार, भाद्र १७, २०८० समय : १८:४२:३८ , १ वर्ष अगाडि

नेपाल उद्योग वाणिज्य महासंघ (एफ.एन.सि.सि.आई.) कोशी प्रदेश समितिले विदेशी तथा स्वदेशी पर्यटकलाई भित्र्याउन पर्यटन व्यवसायी भविषकुमार श्रेष्ठको नेतृत्वमा पर्यटन हवाई तथा यातायात समिति विस्तार गरेको छ । श्रेष्ठ विराटनगरस्थित होटल इस्र्टन स्टार होटलका संचालक हुन् । महासंघका कोशी प्रदेश अध्यक्ष उद्योगी राजेन्द्र राउत, महासंघका केन्द्रिय सदस्य उद्योगी अविनाश बोहरा र पर्यटन हवाई तथा यातायात समितिका सभापति भविषकुमार श्रेष्ठको उपस्थितिमा आयोजित कार्यक्रममा समिति विस्तार गरिएको हो ।

कोशी प्रदेशमा पर्यटन क्षेत्रको विकासकालागि अधिक संख्यामा विदेशी तथा स्वदेशी पर्यटक भित्र्याउने उद्देश्यका साथ समिति विस्तार गरिएको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बताए । विराटनगर स्थित होटल एसियाटिकका संचालक तथा नाटाका कोशी प्रदेश अध्यक्ष पर्यटन व्यवसायी पुण्य भट्टराईलाई समितिमा उपाध्यक्ष पदको जिम्मेवारी सुम्पिएको छ ।

नाटा कोशीका पूर्वअध्यक्ष उदय श्रेष्ठ, होटल व्यवसायी महासंघका सचिव वासु बराल, निर्माण कृषि फर्मका संचालक सुरज श्रेष्ठ, इटहरी उद्योग वाणिज्य संघका सचिव विनोद पौडेल, ईलामका पर्यटन व्यवसायी कमला वास्कोटा रिजाल, होटल डोमलो प्रा.लि.का संचालक खेमराज वन र होटल फुलवारी इनरुवाका संचालक श्यामसुन्दर श्रेष्ठ समितिमा सदस्य रहेका छन् ।

होटल संघ झापाका अध्यक्ष इन्दिरा श्रेष्ठ, भेडेटार होटल संघका सचिव रमेश श्रेष्ठ, होटल ग्लोबल नेप्लिष्ट सेफ फेडेरेशनका अध्यक्ष प्रेमकुमार सुब्बा, इलाम अन्तुका पर्यटन व्यवसायी संघका अध्यक्ष रुद्र घिमिरे, तेह्रथुमकी होटल संचालक श्रृजना लामा फोम्बो, होटल संघ नेपालका सदस्य मोक्ष पोखरेल, सरोज पौडेल, होटल संघ नेपाल उदयपुरका पदमलाल लम्साल समितिमा आमन्त्रित सदस्य रहेका छन् । होटल संघ नेपाल कोशीका अध्यक्ष राजन श्रेष्ठ, होटल व्यवासयी महासंघ कोशीका अध्यक्ष राजन दंगाल र ईलाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सुशिला सापकोटा समितिका सल्लाहकार रहेका छन् ।