चार्डपर्वको बेला ३० प्रतिशतमा खुम्चियो जोगबनीको व्यापार

  • ब्रह्मदेव यादव, विराटनगर ४४१  पटक हेरिएको

सोमबार, भाद्र ११, २०८० समय : १५:५६:२३ , १ वर्ष अगाडि

चार्डपवको समयमा ३० प्रतिशतमा जोगबनीको व्यापार खुम्चिएको छ । २०८० साउन १ गते अगाडीसम्म चार्डपर्वको बेला प्रत्येक दिन जोगबनीमा ६ देखि ८ करोड रुपैयाँसम्मको कारोबार भई रहेको थियो । चार्डपर्वबाहेक सामान्य अवस्थामा पनि जोगबनीमा प्रत्येक दिन ४ देखि ५ करोड रुपैयाँसम्मको कारोबार भई रहेको थियो । तर २०८० साउन १ गतेदेखि संघिय, प्रदेश र स्थानिय तह तीन तहकै सक्रियतामा नेपाल भारतको अन्तर्राष्ट्रिय सिमा नाकामा कडाई गरिएको छ ।

जसको कारण जोगबनीको व्यापार २० प्रतिशतमा खुम्चिएको छ । नेपालीहरुको महानपर्व विजया दशमी र तिहारको बेला मेचीदेखि महाकालीसम्म र विदेशबाट छुट्टिमा नेपाल आउने नेपालीहरुको किनमेल जोगबनी बजारमा हुने गरेको थियो । नेपालीहरुलाई चार्डपर्वको बेला चाहिने आवश्यक लत्ताकपडादेखि खाद्यान्नसम्मको सामग्री जोगबनी बजारमा किनमेल गर्ने गरेको थियो । यहाँसम्मकी विदेशीबाट छुट्टिमा नेपाल आउने नेपालीहरुले विदेशमा लगाउने लत्ताकपडा पनि जोगबनीबाटै किनेर विदेशसम्म लानेगरेको थियो । तर पछिल्लो समय तीन तहकै सरकारले रानी नाकामा कडाई गरेपछि किनमेल गर्न जोगबनी जाने नेपालीको संख्या ८० प्रतिशतले घटेको छ । त्यसमा पनि विराटनगर बाहेक मेचीदेखि महाकाली र विदेशबाट नेपाल आउने नेपालीले किनमेल गर्न जोगबनी जान छाडेका छन् ।

विराटनगरमा बसोबास गरिरहेका २० देखि ३० प्रतिशत नेपाली नागरिक अझैपनि किनमेल गर्न जोगबनी पुग्ने गरेको छ । ७० प्रतिशत भन्दा बढि विराटनगरबासी किनमेलका लागि जोगबनी जान छोडेका छन् । भाद्र १४ गते बिहीबार मधेशी तथा मैथिली भाषा भाषीको महत्वपूर्ण पर्व रक्षाबन्धन हुँदैछ । यस्तो बेला दाजु भाईले दिदी बहिनीलाई र दिदी बहिनीले दाजु भाईलाई दक्ष अनुसारको साडी, कुर्तासलवार, सट, पेन्ट लगायतको सामग्री उपहार दिने सांस्कृतिक परम्परा छ । रक्षाबन्धनको समय तीन दिन बाँकी रहेको बेला जोगबनीमा किनमेल गर्न जाने सर्वसाधारणको घुईचो लाग्ने गथ्यो । तर सोमबार नग्न मात्रामा किनमेल गर्न सर्वसाधारण जोगबनी पुगेका थिए । १ सय जनामा ३० जनासम्म किनमेल गर्न जोगबनी पुगेका थिए ।

जोगबनी पुगेर किनमेल गरेका सर्वसाधारणले सामान विराटनगर लान पाइने हो कि नपाईने हो दुविधामा थिए । २० हजारसम्मको किनमेल गर्न पैसा बोकेर जोगबनी पुगेका मध्ये अधिकांशले ५ हजार सम्मको मात्रै सामान किनमेल गरेर विराटनगर फर्किएका छन् । यस अघि जोगबनीमा मनलागे जति रकम बराबरको सामान खरिद गरेर विराटनगर फर्किने परम्परा नै थियो । तर पछिल्लो समय रानी नाकामा कडाई गरिएपछि सर्वसाधारण जोगबनी जान छाडेका छन् । गएका मध्ये अधिकांशले नग्न मात्रामा सामान खरिद गरेर फर्किने गरेका छन् । त्यसमा पनि पछिल्लो समय भारतीय पक्षले जोगबनी प्रवेश द्वारको दशगाज्जा क्षेत्रमा परिचय खुल्ने नागरिकता अनिर्वाय गरेपछि नेपालीहरु जोगबनी जान हिच्किचाई रहेका छन् ।

नेपालीहरु जोगबनी जान छोडेपछि जोगबनीको व्यवासायीहरुमा निराशा छाएको छ । र जोगबनीको व्यापार २० प्रतिशतमा खुम्चिएको छ । जसको कारण जोगबनीमा कारोबार तथा व्यावसायी सञ्चालन गरिरहेका व्यावसायीको आर्थिक अवस्था धारासाही हुन पुगेको छ । जोगबनीमा श्रीनारायण स्टोर कपडा पसल सञ्चालन गरिरहेका विराटनगरका नन्दकिशोर तापडिया २०८० को साउन यता घाटामा व्यवासयी संचालन भई रहेको बताए । प्रत्येक दिन करोडौं रकम बराबरको सामान विक्री गर्न तापडियाको पसलमा श्रीनारायण स्टोरले यतिखेर बढिमा लाखौं रुपैयाँको सामान विक्री गरिरहेका छन् । जसका कारण घर भाडा र कर्मचारी खर्च व्यहोर्न समस्या परेको उनले बताए । यस बाहेक जोगबनीलाई लक्षित गरेर सामान उत्पादन गर्ने भारतका ठुला ठुला कम्पनीको अवस्था डामाडोल हुन पुगेको छ ।

नेपाल भरीका सर्वसाधारण किनमेलका लागि जोगबनी जाने र भारतका ठुला ठुला उद्योगले जोगबनीलाई लक्षित गरेर सामान उत्पादन गर्ने गरेका थिए । तर एक्कासी जोगबनीको व्यापार ठप्प भएपछि भारतका ठुला ठुला कम्पनी जोगबनीलाई लक्षित गरेर सामान उत्पादन गर्न छाडेका छन् । जोगबनीका व्यवसायी पनि यतिखेर दोधारमा छ ।

नेपाली महिलाको महान पर्व तीजको बेलामा यतिखेर प्रत्येक दिन करोडौं रुपैयाँ बराबरको साडी र कुर्ता सरुवाल विक्री गर्ने गरेका थिए । तर यतिखेर रानी नाकामा कडाई गरेका कारण सर्वसाधार जोगबनी सम्म पुग्न नसक्दा व्यवसायीको कारोबार ठप्प छ । नेपालीहरुको महानपर्व विजया दशमी र तिहार नजिक आई सकेको अवस्थामा जोगबनीका व्यवसायीले मोटो रकम परिमाणको सामान ल्याउने कि नल्याउने विषयमा दोधारमा छ ।