- ब्रह्मदेव यादव, विराटनगर ५२१ पटक हेरिएको
मंगलबार, भाद्र ०५, २०८० समय : १७:०६:११ , १ वर्ष अगाडि
कोशी प्रदेश सभामा सुपर पावरको रुपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी सुपर फ्लप सावित भएका छन् । कोशी प्रदेश निर्माणको साँचो राप्रपा सँग रहेको र आफ्नो समर्थन बिना कुनै दलको सरकार बन्न र टिक्न नसक्ने सुपर पावर शक्ति दावी गरिरहेको सुपर पावर पार्टीलाई सत्ताघटक ४ दलिय गठबन्धनका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत प्राप्त गरेपछि सुपर फ्लप सावित भएका छन् ।
मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गरेसँगै राप्रपा कोशी प्रदेश संसदिय दलका नेता भक्तिप्रसाद सिटौलाको घमण्ड समेत चक्नाचुर भएको छ । सोमबार कोशी प्रदेश सभाबाट मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गरेका थिए । कोशी प्रदेश सभाको अध्यक्षता गरिरहेका अध्यक्ष मण्डलका सदस्यहरुले आलोपालो गरेर मतदान गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कोशी प्रदेशमा सुपर फ्लप बनाउन संसदिय दलका नेता भक्तिप्रसाद सिटौलासँगै पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेन प्रमुख पात्र रहेका छन् । नेकपा एमालेको लहैलहैमा लागेर राप्रपा कोशी प्रदेशमा सुपर फ्लप भएको हो ।
राप्रपा सुपर फ्लप सँगै अब कोशी प्रदेश खारेजीको पक्षमा ओकालत गर्नु बाहेक उसँग अर्को विकल्प छैन । सोमबार मुख्यमन्त्री थापाले सहज रुपमा विश्वासको मत हासिल गरेको हो । ९३ सदस्य कोशी प्रदेश सभामा सत्ता घटक ४ दलिय गठबन्धनका मुख्यमन्त्री थापाले ४७ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकिकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी नेपालका १ गरी ४७ सांसदले मुख्यमन्त्री थापाको पक्षमा मतदान गरेका थिए ।
विपक्षमा ४६ मत भएपनि मतदान पक्रियामा ३० सांसद मात्र सहभागि जनाएका थिए । उपसभामुख श्रृजना दनुवार सोमबार बिहान एक्कासी बिरामी भएको नाटक गरेर उपचार गराउन काठमाडौं प्रस्थान भएपछि नेपाली कांग्रेसका इस्राइल मन्सुरीले कोशी प्रदेश सभाको अध्यक्षता गरेका थिए । तर मतदान गर्नुअघि इस्राइलले अध्यक्ष मण्डका सदस्य नेकपा माओवादी केन्द्रका गीता तिम्सिनालाई अध्यक्षता गराए मतदान गरेका थिए । जुन विषयलाई लिएर प्रमुख प्रतिपक्ष नेकपा एमालेले विरोध गरेका छन् । र उनले यसका विरुद्ध कानुनी उपचार खोज्ने घोषणा गरेका छन् ।