- चिरफार डटकम, विराटनगर ४९८ पटक हेरिएको
मंगलबार, भाद्र ०५, २०८० समय : १७:०३:५८ , १ वर्ष अगाडि
नेपाली कांग्रेसलाई सुन्न र बुझ्न युवा जमात उत्साहीत देखिन थालेका छन् । नेपाली कांग्रेसले मंगलबार विराटनगरमा आयोजना गरेको संविधान कार्यान्वयनः जनप्रतिनिधिको भूमिका विषक संवाद कार्यक्रममा युवा पुस्ताको बाक्लो सहभागिता रहेको थियो । जुन सहभागिताले नेपाली कांग्रेसप्रति युवा जमात झुकाव रहेको पुष्टी भएको छ । कार्यक्रममा १६ देखि २० वर्ष उमेर समूहका युवा युवतीहरुको जमात बाक्लो थियो । र उनीहरुले कार्यक्रम सुरु भएदेखि कार्यक्रम सम्पन्न भएसम्म कांग्रेसका शिर्षनेताहरुले व्यक्त गरेको बानीलाई ग्रहण गरेका थिए ।
संविधान मस्यौदा समितिका संयोजक तथा नेपाली कांग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौला, कांग्रेस केन्द्रिय सदस्य तथा विराटनगर महानगरपालिकाका निवर्तमान मेयर भीम पराजुली, कांग्रेस युवा नेता यदुकुमार विष्ट, कुन्दनराज काफ्ले, रामप्रसाद पोखरेल, देउमान थेवेले स्थानिय सरकारलाई संविधानले प्राप्त अधिकार प्रत्यायोजन गरेकोले अधिकारको सहि सदुपयोग गरेर विकास निर्माणको कार्यलाई अगाडी बढाउन जनप्रतिनिधिहरुलाई सुझाव दिए ।