- ब्रह्मदेव यादव, विराटनगर ९७५ पटक हेरिएको
बिहिबार, साउन २५, २०८० समय : १६:५८:५३ , १ वर्ष अगाडि
विराटनगरका उद्योगी व्यवासयीहरुमा थप निरासा पैदा भएको छ । मोरङ व्यापार संघले विहीबार विराटनगरमा आयोजना गरेको आर्थिक बहस कार्यक्रममा प्रमुख राजनैतिक दलका संघिय सांसदहरुको आधिकारीक धारणा सुनेर उद्योगी व्यवसायीहरुमा थप निराशा उत्पन्न भएको हो ।
विराटनगरका युवा उद्यमी मोरङ व्यापार संघका कार्यसमिति सदस्य गोपाल अग्रवाल, उद्योग संगठन मोरङका कार्यसमिति सदस्य पारस लुनिया, सौरभ सारडा, विरेन्द्र राठी र दिपक अग्रवालले प्रमुख राजनैतिक दलका सांसदहरुको आधिकारीक धारणा सुनेपछि अब कसरी अगाडी बढ्ने विषयमा मोरङ व्यापार संघको सिढिमै बसेर छलफल सुरु गरेका थिए ।
मोरङ व्यापार संघ विराटनगरका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य नविन रिजालले कार्यक्रममा सहभागी संघिय सांसददेखि अतिथि पाहुनाहरुलाई स्वागत गर्दै आर्थिक वहसबाट उद्योगी व्यवसायीमा थप उत्साह प्रवाह हुने अपेक्षा गरेका थिए । तर कार्यक्रममा सहभागी नेकपा एमालेका संघिय सांसद भगवती चौधरी, राप्रपाका संघिय सांसद ज्ञानेन्द्रबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका संघिय सांसद गणेश पराजुली र स्वतन्त्र संघिय सांसद डा. अमरेशकुमार सिंहले देशमा भ्रष्टाचार तन्त्रले जरो गाडेको, कार्यकर्ता पाल्ने गरी बजेट आएको, फरक फरक पार्टीका अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गर्भनर बिचको चिसो सम्बन्धका कारण बजेटलाई असफल बनाउन आएको मौद्रिक नितीले देशको अर्थतन्त्र अझै धारासाही हुने धारणा सार्वजनिक गर्दा उद्योगी व्यवसायीहरु थप निरासा उत्पन्न भए ।
प्रमुख राजनैतिक दलका चारै जना संघिय सांसदहरुले नेपालमा हुदाँ खाने र हुने खानेहरु बस्न नचाहेर पलायन भई रहेको अवस्थामा सरकार संचालन गरिरहेका राजनैतिकदल केवल कार्यकर्ता पाल्न र देशको ढुकुटी लुट्ने उद्देश्यका साथ नितिगत भ्रष्टाचारमा र्चुलुम्म डुबेकोले अर्थतन्त्र थप डामाडोल अवस्थामा पुग्ने बताए ।
नेपाल उद्योग परिसंघका केन्द्रिय उपाध्यक्ष तथा कोशी प्रदेश अध्यक्ष भीम घिमिरे, कोशी प्रदेश उपाध्यक्ष सुशिल जोशी, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनुपम राठी, उपाध्यक्ष अनिल साह, महासचिव अनिल सारडा, संघका पूर्वअध्यक्ष सुरेशकुमार शर्मा, ताराचन्द खेतान, खेमचन्द जैन, शंकरलाल अग्रवालसहित उद्योगी, व्यवसायी, अर्थविदहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।