- चिरफार डटकम, विराटनगर ५६४ पटक हेरिएको
आइतबार, साउन १४, २०८० समय : १६:५३:५८ , १ वर्ष अगाडि
विराटनगरका देवेन्द्र नौलखा गैर अवासीय नेपाली संघ (एनआरएनए) म्यानमारमा दोस्रो कार्यकालकालागि अध्यक्ष पदमा निर्वाचित भएका छन् । विराटनगरका प्रतिष्ठित नौलखा घराना सुरेश नौलखाका जेठो छोरा देवेन्द्र नौलखा सन् २०२३ देखि २०२५ सम्म एनआरएनए म्यानमारको अध्यक्ष पदमा कार्यरत रहने छ ।
विराटनगरस्थित जैन स्वेताम्बर तेरापंथी सभा विराटनगर न्यास मण्डलका अध्यक्ष सुरेश नौलखाका दोस्रो छोरा बुहारी दुवै डाक्टर छन् । छोरा डाक्टर दिपेन्द्र नौलखा र बुहारी डाक्टर नुतन नौलखा विराटनगरमा नौलखा डेन्टल केयर संचालन गरिरहेका छन् । विराटनगरको जैन समाजमा छोराको विवाह गरेर बुहारी भित्र्याई सकेपछि बुहारीलाई डाक्टर बनाउने सामाजिक व्यक्तित्व सुरेश नौलखा जैन समाजको उदाहरणीय व्यक्ति बनेका छन् ।