विराटनगर राउण्ड टेवल नं. ५ ले श्रीसुशिक्षा निकुञ्ज आधारभुत विद्यालयलाई १० लाख बराबरको सहयोग

  • चिरफार डटकम, विराटनगर ३६२  पटक हेरिएको

बुधबार, साउन १०, २०८० समय : १८:१५:५३ , १ वर्ष अगाडि

विराटनगर राउण्ड टेवल नं. ५ ले विराटनगर–८, हाटखोलास्थित श्रीसुशिक्षा निकुञ्ज आधारभुत विद्यालयको भवन निर्माण सहित १० लाख रुपैयाँ बराबरको सामान सहयोग गरेको छ । विराटनगर राउण्ड टेवल नं. ५ ले बुधबार विद्यालयमा आयोजना गरेको कार्यक्रमा निर्माण गरिएको १ कोठे सहित ६ थान कम्प्यूटर विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, विराटनगर–८ का वडाध्यक्ष राम पोखरेले, राउण्ड टेवल नेपालका अध्यक्ष राहुल अग्रवाल, सचिव दिवस सुवेदी, विराटनगर राउण्ड टेवल नंं ५ का अध्यक्ष ऋषभ दाहाल, सचिव सीए पियूष लुनिया, कोषाध्यक्ष गोविन्द अग्रवालले विद्यालयका प्रधानाध्यापक चक्रप्रसाद पोखरेललाई निर्माण गरिएको १ कोठे भवन सहितका सामग्री हस्तान्तरण गरिएको छ ।

राउण्ड टेवल नेपालले सन् २०२२/२०२३ मा देशभरीका टेवलहरु मध्ये उत्कृष्ठ काम गरेर पहिलो स्थान हासिल गर्न सफल विराटनगर राउण्ड टेवल नं. ५ का अध्यक्ष ऋषभ दाहाललाई हिरो अफ राउण्ड टेवलको लोगो पिन हस्तान्तरण गरिएको छ । कार्यक्रममा टेवलले २०० भन्दा बढि विद्यालर्थीलाई राउण्ड टेवल अंकित ब्याग वितरण गरेका छन् ।

टेवलले श्रीसुशिक्षा निकुञ्ज आधारभुत विद्यालयको स्वामित्व गहण गरेको छ । र त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई समय समयमा पाठ्यपुस्तक, स्टेशनरी सामग्री, पोशाकदेखि जुत्ता मोजासम्म वितरण गर्दै आईरहेका छन् । पछिल्लो समय सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई प्रविधिमा दक्ष बनाउन १ कोठे नयाँ भवन सहित ६ थान कम्प्यूटर प्रदान गरेको छ । र विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई प्रविधिमा दक्ष बनाउन टेवलले प्राविधिक पनि आफै पठाउने तयारी भएको टेवलका सचिव पियुष लुनियाले बताए ।