- चिरफार डटकम, विराटनगर ५२९ पटक हेरिएको
सोमबार, साउन ०८, २०८० समय : १४:४४:१६ , १ वर्ष अगाडि
सरकारले ल्याएको मौद्रिक नितिका कारण नेपालमा थप लगानी भित्रिने नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) का अध्यक्ष राजेन्द्र राउतले अपेक्षा गरेका छन् । सरकाले ल्याएको मौद्रिक निति सकारात्मक रहेकोले आफु उत्साहित भएको राउतले बताए ।
सरकारले नेपाल राष्ट्र बैंक मार्फत आइतबार आर्थिक वर्ष २०८०/०८१ का लागि मौद्रिक निति सार्वजनिक गरेका हुन् । निजि क्षेत्र तर्फ ११.५ प्रतिशतसम्म पुर्याउने मौद्रिक नितिको लक्ष्य स्वागत योग्य रहेकोले आगामी दिनमा नेपालमा थप लगानी भित्रीने ढोका खुलेकोले उद्योग क्षेत्र उत्साहित भएको राउतको भनाई छ ।
मौद्रिक नितिले बैंकहरुको ब्याजदर खुकुलु बनाएकोले निजि क्षेत्रतर्फ पुँजी प्रवाह बढ्ने भएकोले लगानीको वातावरण सहज हुने राउतले दावी गरेको छ । सरकारले ६.५ प्रतिशतले आर्थिक वृद्धिदर तोक्दा बैंकको ब्याजदर स्वत खुकुलो हुने भएकोले उद्योग व्यापार देखि हरेक क्षेत्रमा पुँजी प्रवाह बढ्ने राउतले अपेक्षा गरेको छ ।