- चिरफार डटकम, विराटनगर ७०८ पटक हेरिएको
आइतबार, साउन ०७, २०८० समय : १७:०९:३९ , १ वर्ष अगाडि
विराटनगरका २ सामाजिक संघसंस्थाले आइतबार ३०० भन्दा बिढ विपन्न परिवारलाई झुल वितरण गरेको छ । रोटरी क्लब अफ विराटनगर फ्यूजन र माहेश्वरी महिला मञ्च विराटनगरको आयोजनामा डेङ्गु रोग प्रभावित विराटनगर–१२ को बखरीमा बसोवास गरिरहेका ३०० भन्दा बढि विपन्न परिवारलाई झुल वितरण गरिएको छ ।
रोटरी क्लब अफ विराटनगर फ्यूजनका अध्यक्ष विकास राठी र माहेश्वरी महिला मञ्च विराटनगरका अध्यक्ष पुनम राठी नेतृत्वमा गएको क्लब र मञ्चका पदाधिकारीहरुले झुल वितरण गरेका थिए । क्लब र मञ्चले सुनसरी र मोरङको विभिन्न स्थानमा १००० भन्दा बढि थान झुल वितरण गर्ने लक्ष्य राखेको रोटरी क्लब अफ विराटनगर फ्यूजनका अध्यक्ष विकास राठीले बताए ।
झुल वितरण कार्यक्रममा विराटनगर–१२ का वडाध्यक्ष हिरालाल कामत, रोटरीयन रामअवतार अग्रवाल, रोटरीयन अर्चना तपडिया, अखिल भारत वर्षिय महासंगठनका पूर्वाञ्चल उपाध्यक्ष गिरीजा सारडा र अल नेपाल मारवाडी महिला संगठनका निवर्तमान अध्यक्ष रचना राठीको सहभागिता रहेको थियो ।