गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले १ वर्षमै १ करोड १९ लाख राजश्व असुली गर्‍यो

  • चिरफार डटकम, विराटनगर ४३३  पटक हेरिएको

मंगलबार, साउन ०२, २०८० समय : १३:५१:५७ , १ वर्ष अगाडि

गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले १ वर्षमै १ करोड १९ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । कार्यालयले अघिल्लो वर्ष मात्र १२ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो । कार्यालय प्रमुख मनोज कुमार पोखरेलले आर्थिक वर्ष २०७९/०८० मा १ करोड १८ लाख ९९ हजार १ सय ९१ रुपैयाँ राज्रश्व संकलन भएको जानकारी गराए ।

४ हजार ३ सय ४५ उद्योगी तथा व्यवसायी फर्म नविकरण भएको छ । ९ सय ४४ उद्योगी तथा व्यवसायी फर्मले नयाँ अनुमती पत्र लिएको छ । १ हजार १ सय ९७ फर्म नविकरण भएको छ । कार्यालयले २ हजार ४ सय ६ व्यवसायीक फर्मलाई जरिवाना गरेको छ ।

कार्यालयले ६ सय १४ पेट्रोलपम्प नोजेल जाँच गरेको छ । २ सय ५० इन्धन बोक्ने ट्याङकरको भेकल परीक्षण कार्यालय प्रमुखले बताए । कोशी र सगरमाथा अञ्चल कार्यक्षेत्र रहेको कार्यालयले ४७ उद्योगी तथा एकल तथा १९ फर्मको संयुक्त अनुगमन गरिएको कार्यालय प्रमुख पोखरेलले बताए ।