- चिरफार डटकम, विराटनगर ६७३ पटक हेरिएको
आइतबार, आषाढ २४, २०८० समय : १८:२२:२७ , १ वर्ष अगाडि
प्लस टु तर्फ अरनिको कोशी प्रदेशकै उत्कृष्ट कलेज हो । फोकस नेपाल नामक सामाजिक संस्थाले अरनिको कलेजलाई कोशी प्रदेशकै १ नं. कलेजको उपाधी प्रदान गर्दै सम्मान गरेको छ । नेपालको शिक्षा नियमावली २०२८ अन्तर्गत वि.सं. २०३३ सालमा स्थापना भएको अरनिको आवासिय माध्यमिक विद्यालय कोशी प्रदेशको शैक्षिक हवको उत्कृष्ट शैक्षिक संस्था हो ।
जुन संस्थाले विक्रम संवत २०४६ को उच्च माध्यमिक शिक्षा एन अन्तर्गत रहेर २०५८ सालदेखि कक्षा ११ र १२ तर्फको कक्षा संचालन गरिरहेको छ । विज्ञान संकायतर्फ कोशी प्रदेशको १ नं. शिक्षण संस्था अरनिको कलेजले गुणस्तरीय शिक्षाका लागि अध्ययनका लागि बाहिर जाने विद्यार्थी र देशकै मोटो रकम धनराशीलाई रोक्न सफल भएको छ ।
प्लस टु अध्ययनका लागि विराटनगरबाट बस चढेर हुलका हुल काठमाडौं र भारत जाने विद्यार्थीलाई अरनिको कलेजले अहिलेसम्म रोकेर राख्न सफल भएको छ । विराटनगरलाई शैक्षिक हव बनाउन अरनिको कलेजको महत्वपूर्ण योगदान छ । कलेजका प्रिन्सिपल राजेश कार्कीले प्रत्येक वर्ष मेडिकल साइन्स र इन्जिनियरिङ तर्फ १२ देखि १५ जना विद्यार्थीहरु पूर्ण छात्रवृत्तिमा नाम निकालेर अध्ययन गरिरहेको बताए । यसमा कलेजका संचालक, शिक्षक शिक्षिका र विद्यार्थीहरुको कडा मेहन र लगनशिलको परिणाम रहेको प्रिन्सिपल कार्कीले बताए ।
कलेजका निर्देशक भरतराज दाहालले नेपालको बोर्ड प्रथम र दोस्रो स्थान हासिल गर्नमा अरनिको कलेजको ठुलो योगदान छ । शिखरमा चढ्न गाह्रो हुन्छ नै । तर शिखरमा रही रहन कडा मेहन र लगनशिलको आवश्यकता पर्छ । यही अवधारणा बमोजिम अरनिको कलेज अगाडी बढि रहेको निर्देशक दाहालले बताए । अरनिको कलेजले विज्ञान संकाय तर्फ ७०० र व्यवस्थापन संकाय तर्फ १२० गरेर ८२० मात्रै विद्यार्थीको भर्ना लिने तयारी गरेको छ ।