राजसंस्था फर्काउने पक्षमा अण्डरग्राउण्ड जनलहर चलिरहेको छ– दाहाल

  • चिरफार डटकम, विराटनगर ७३३  पटक हेरिएको

शनिबार, आषाढ २३, २०८० समय : १७:५०:३३ , १ वर्ष अगाडि

नेपाल विद्दत परिषदका केन्द्रिय उपाध्यक्ष तथा पूर्वाञ्चल संयोजक बल्लभ प्रसाद दाहालले राजसंस्था फर्काउने पक्षमा अण्डरग्राउण्ड रुपमै जनलहर चलिरहेको बताएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको ७७औं जन्मोत्सवको अवसरमा परिषदले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा दाहालले केही समय भित्र ज्ञानेन्द्र शाह पुनः राजाकै रुपमा फर्किने दावा गरे ।

२०६२ सालको जनआन्दोलनको क्रममा राजा फाल्ने विषयमा कतै पनि कुनै किसिमको सहमती नभएको तर जनताको भावना र मर्म विपरीत देशका प्रमुख राजनैतिक दलका नेताहरुले राजालाई गणतन्त्र मान्न बाध्य पारेको दाहालले आरोप लगाए । राजा कहिलैपनि पूर्व हुर्दैन । राजाको ठाउँमा अर्को राजा आइनकसेकोले पुनः ज्ञानेन्द्र शाह राजाकौ रुपमा फर्किने दावी गरे ।

नेपाली राजनितिकका टाइगर पूर्वउपप्रधान तथा गृहमन्त्री बद्रिप्रसाद मण्डलले ज्ञानेन्द्र शाहलाई पुनः राजाकै रुपमा राजगदीमा आरोहण गराउन भिसन आन्दोलको आवश्यकता रहेकोले नेपाली जनतालाई आन्दोलनमा सहभागी हुन आग्रह गरे । नेपाल विद्दत परिषदका केन्द्रिय अध्यक्ष जीतबहादुर अर्जेलले भाषाण गरेर केहि पनि नहुने भएकोले ज्ञानेन्द्र शाहलाई राजगदीमा फर्काउन भिषण आन्दोलनको तयारी भईरहेको बताए ।

सुनसरीको इनरुवामा पूर्वराजा ज्ञानेन्द्र शाहको भव्य नागरिक अभिनन्दनको क्रममा उत्रिएको जन सागरले अब हुने आन्दोलनमा जनता सहभागी हुने र ज्ञानेन्द्र शाहलाई पुनः राजगदीमा फर्किने अर्जेलले बताए । कार्यक्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङका पूर्व अध्यक्ष माधवप्रसाद आचार्य परिषदका मोरङ जिल्ला अध्यक्ष पुष्पराज दाहाल राष्ट्रवादी नेता कपिल पोखरेल, पन्नालाल राजवंशी, श्याम अधिकारी, आनन्द गुरु महाराज, केशव रिजाल, दामोदर खरालले ज्ञानेन्द्र शाहलाई पुनः राजाकै रुपमा राजगदीमा फर्काउन भिषण आन्दोलनको तयारी भईरहेकोले नेपाली जनतालाई आन्दोलनमा सहभागी हुन आग्रह गरे ।

परिषदले विराटनगरको रामजनकी मन्दिरमा आयोजना गरेको कार्यक्रममा बाक्लो संख्यामा सर्वसाधारणको सहभागिता रहेको थियो ।