- ब्रह्मदेव यादव, विराटनगर ५७६ पटक हेरिएको
शुक्रबार, आषाढ २२, २०८० समय : १५:४९:३८ , १ वर्ष अगाडि
नेपाल उद्योग परिसंघको टोलीले उद्योगी सहित देशकै समस्या समाधानकालागि राज्यको सबै निकायलाई सुझाव दिएको छ । परिसंघका नयाँ नेतृत्व अध्यक्ष राजेश अग्रवाल, उपाध्यक्ष भीम घिमिरे सहित ७ जना पदाधिकारीको टोलीले काठमाडौंमा लगातार ४ दिन लगाएर प्रमुख राजनैतिक दल सहित राज्यको सबै निकायमा सुझाव पत्र दर्ता गराएको छ ।
परिसंघले दुई तर्फ टाउको फर्काएको नेपाल उद्योग वाणिज्य महासंघ (एफ.एन.सि.सि.आई.) र च्याम्बर अर्फ कमर्सका पदाधिकारीलाई टोलिमा सहभागि गराएर देशमा देखिएको विद्यमान उद्योगी तथा व्यवसायी र देशकै समग्र समस्या समाधान गराउने तर्फ पहलकदमी लिएका छन् । निजी क्षेत्रका ३ ठुला तथा महत्वपूर्ण छाता संगठन नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ र च्याम्बर अफ कमर्सका पदाधिकारीहरुले विहीबार काठमाडौंको बानेश्वर स्थित होटल एभरेष्टमा आयोजना गरेको सर्वपक्ष छलफल पछि उद्योगी तथा देशकै समस्या समाधान गर्न साँझा अवधारण पत्र जारी गर्दै राज्यको सबै निकायमा सुझाव पत्र पठाएको छ ।
जसको कारण निजी क्षेत्रमा खुसिको सन्देश प्रवाह भएको छ । टोलीले तयार पारेको साँझा अवधारणा पत्रमा देशको अर्थतन्त्रलाई जोगाउन, बैंकिङ समस्या समाधान गर्न, पर्यटनको विकास गर्न, उर्जाको विकास गर्न, कृषिलाई आधुनिकिकरण गर्न, दक्ष जनशक्ति उत्पादन गर्न, स्वास्थ्यलाई समय साक्षेप बनाउन चिकित्सक, नर्ससहित दक्ष प्राविधिक उत्पादन गर्न, नेपालकै अत्याधिक जनशक्ति उत्पादन गरेर शैक्षिक हब बनाउन, शान्ति सुरक्षा तथा अमन चयन स्थापित गर्न, विधिको साशन कायम गराउन र सुशासनको अनभुति दिन सबै क्षेत्रको सुझावलाई साँझा अवधारण पत्रमा समावेश गरिएको छ । टोलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलाई साँझा अवधारणा पत्र बुझाईएको छ ।
टोलीले गृहमन्त्री, उद्योगमन्त्री, श्रममन्त्री, सरकारका मुख्य सचिव डा. बैकुण्ठ अरियाल, गृहसचिव दिनेश भट्टराई र नेपाल राष्ट्र बैंकका गभरनर महाप्रसाद खतिवडालाई सुझाव पत्र बुझाईएको छ । टोलीले राष्ट्र बैंकका गभरनर खतिवडालाई मौद्रिक नितीलाई परिमार्जन गरेर लगानी मैत्री बनाउनुको साथै बैंकिङ् ब्याज घटाउन सुझाव दिएको छ । टोलीले पछिल्लो समय उद्योगी व्यवसायी माथि भई रहेको अन्यायको घोर भत्सना गरेको छ ।
व्यवसायीलाई राज्यले थुन्न नपाउने र व्यवसायीले उधारोमा विक्री गरेको सामानको भुक्तानी दिलाउन कानुन निर्माण गरी दिन सुझाव दिएको छ । चिरफार डटकम सँग कुरा गर्दै नेपाल उद्योग परिसंघका केन्द्रिय उपाध्यक्ष तथा कोशी प्रदेश अध्यक्ष उद्योगी भीम घिमिरेले भने– देशको समस्या सँगै उद्योगी व्यवसायीको समस्या समाधान गर्न प्रमुख राजनैतिक दलसहित राज्यको हरेक निकायमा सुझाव पत्र बुझाएको छु । र निजी क्षेत्रको समस्या समाधान हुने तर्फ आफु आशावादी रहेको छु ।