- चिरफार डटकम, विराटनगर १०२१ पटक हेरिएको
बिहिबार, आषाढ २१, २०८० समय : १८:३६:०८ , १ वर्ष अगाडि
मोरङ व्यापार संघ विराटनगर र विराटनगर भन्सार कार्यालयका प्रमुख बिच बिहीबार विराटनगरमा छलफल भएको छ । मोरङ व्यापार संघका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष अनिल साह, उपाध्यक्ष विकासकुमार बेगवानी, महासचिव अनिल सारडा, सचिव संजय श्रेष्ठ र विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकाल बिच छलफल भएको थियो ।
संघका पूर्वअध्यक्ष ताराचन्द खेतान, व्यवसायीक हेमकरण दुगढ, पंकज दुगढ, शम्भु काबरा, भन्सार एजेन्ट महासंघ नेपालका केन्द्रिय सदस्य तथा संघका विराटनगर भन्सार सल्लाहकार प्रविण जोशी छलफलमा सहभागि थिए । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को साउन १ गतेदेखि दोस्रो तथा तेस्रो मुलुकबाट नेपाल तर्फ आयात हुने सामानको विक्री गर्दा आयत कर्ता र सामान विक्रेताको नाम र मुल्यदर लेखेको स्टिकर अनिवार्य रुपमा लगाउनु पर्ने व्यवस्था गरिएको छ ।
अनुगमत गर्ने क्रममा यसको उलंघन गर्ने व्यवसायिको सामान जफत गर्नेदेखि दण्डित गर्न सम्मको कानुनी व्यवस्था गरिएको छ । यस विषयमा व्यवसायी अन्योलमा परेकोले मोरङ व्यापार संघले बिहीबार विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ढकाललाई संघमै बोलाएर व्यवसायी सँग छलफल चलाएको थियो ।
संघका पूर्वअध्यक्ष खेमचन्द जैनले भारतबाट नेपाल तर्फ चोरी निकासी भएर सामान आउने क्रम बढेकोले भन्सार राजश्व र मुल्यअभिवृद्धि करमा छुट दिनुपर्ने सुझाव राखेका थिए ।